Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धिबिनायक ग्रुपको बजार प्रतिनिधिलाई सम्मान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धिबिनायक ग्रुपको बजार प्रतिनिधिलाई सम्मान

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
सिद्धिबिनायक ग्रुपको  बजार प्रतिनिधिलाई सम्मान
60
SHARES
ShareTweet


बुटवल, ११ साउन । रुपन्देहीको तिलोत्तमा स्थित सिद्धिबिनायक ग्रुपले आफ्ना बजार प्रतिनिधिहरुको भेला तथा सम्मेलन शनिबार बुटवलमा गर्यो । ग्रुपले सञ्चालन गरेका सिद्धिबिनायक फुड इण्डष्टिज ६ वर्ष पुरा गरी ७ वर्ष र सिद्धिबिनायक स्नाक्स एण्ड नुडल्स २ वर्ष पुरा गरी ३ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार बुटवलमा बजार प्रतिनिधिहरुको भेला सहित अन्तरक्रिया तथा उत्कृष्ट बजार प्रतिनिधिलाई सम्मान गरेको हो ।
सिद्धिबिनायक फुड इण्डष्टिजले गज्जवको बिष्कुट सहित कुकिज र सिद्धिबिनायक स्नाक्स एण्ड नुडल्सले गज्जवको चाउचाउ उत्पादन गर्दै आएको छ । सोही अवसरमा ग्रुपले सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना, भीसीटिएस, ईबिलिगं तथा उद्योगले अघि सारेका व्यवसायीक योजना र स्किमका सम्वन्धमा जानकारी गराइएको थियो ।
भेलामा बोल्दै ग्रुपका सञ्चालक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले व्यवसायिक सफलताका लागि बजार प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने भएकाले आफुहरुले स्थापना दिवसमा बजार प्रतिनिधिहरुको सम्मान सहितको कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
उहाँले अहिलेको परिस्थितिमा गुणस्तरीय बस्तुको उत्पादन, स्वच्छ प्रतिष्पर्धा, गुणस्तरीय सेवा र पारदर्शी कारोवार गर्न नसके त्यसले सामाजिक प्रतिष्ठा र लगानीलाई समेत जोखिममा पु¥याउने भएकाले सजग रहनु पर्ने बताउनुभयो ।
दुवै उद्योगका अध्यक्ष उज्ज्वल कसजूले उद्योगका मेरुदण्ड बजार प्रतिनिधिहरुले उपभोक्ता र बिक्रेताका गुनासा उद्योगसम्म ल्याउने भएकाले उद्योगका उत्पादनको बजारको अवस्था बुझ्न र सम्मान गरी उत्प्रेरणा बढाउन कार्यक्रम गरिएको बताउनुभयो । अध्यक्ष कसजूले गज्जवका ब्राण्डको उत्पादनको गुणस्तरमा कहिलै कमी आउन नदिने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रकाश भण्डारी, प्रवन्ध निर्देशक पुष्प वाग्ले, बरिष्ठ प्रवन्धक निश्चल केसी, नेशनल सेल्स म्यानेजर बिनोद देवकोटा, प्रवन्धक अभिशेक श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

पत्रकार पाण्डेलाई पितृशोक

Next Post ≫

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क