Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७८ · 0
स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा
90
SHARES
ShareTweet

तिलोत्तमा, २८ कात्तिक । नेपाली काँग्रेसका क्षत्रिय प्रतिनिधी क्याप्टेन प्रेम बहादुर भण्डारीकी धर्म पत्नी स्वर्गीय बालिका भण्डारीको ७ औं दिनको पुण्य तिथिमा नेपाली काँग्रेस, शंकरनगर सामुदायिक बन, विद्यालय तथा विभिन्न सहकारी संस्थाहरुले आज शोक सभा गरेका छन् ।
रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्वर १ निवासी भण्डारीका पत्नी बालिका भण्डारीको ८७ बर्षको उमेरमा कात्तिक २२ गते बिहान निधन भएको थियो ।
स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस वडा समिति तिलोत्तमा १ ले आज विहान उहांकै निवासमा शोक सभा गरेको हो । वडा सभापति जवानसिंह ठकुरीको सभापतित्व र सचिव मनोज खड्काको संचालनमा भएको शोक सभामा बोल्ने पार्टीका नेताहरुले भण्डारी परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी र योगदान रहेको भन्दै भण्डारीको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको धारणा राख्ेका थिए ।
शोक सभामा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले स्वर्गीय भण्डारी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समबेदना ब्यक्त गर्नुभयो । उहांले मानिसको जन्म पछि मृत्यु निश्चित छ तर पनि मानिसको मृत्युलाई सहज रुपमा लिन गाह्रो हुने बताउदै भण्डारी परिवारलाई परेको पत्नी तथा मातृ शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।
शोक सभामा क्षत्रीय सभापति हरि लम्साल, नेता युवराज गिरी, यमबहादुर खत्री, प्रदेश क का सभापति माधवलाल देवकोटा, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, महिला नेतृ रिता केसीलगायतले शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यस्तै शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले पनि स्वर्गीय भण्डारीको स्मृतिमा शोक सभा गरेको छ । समूहका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार क्याप्टेन प्रेम बहादुर भण्डारीकी धर्म पत्नी बालिका भण्डारीको ७ औं दिनको पुण्य स्मृतिमा उहांकै निवासमा शोक सभा गरेको हो ।
शोक सभामा समूहका अध्यक्ष रबिन्द्र बस्नेतले स्वर्गीय भण्डारी प्रति श्रद्धाञ्जली र परिवारजनमा समबेदना ब्यक्त गर्नुभयो । शोक सभामा समूहका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, सल्लाहाकार कृष्ण गौतम, खिमानन्द भट्टराई, सदस्य मिनप्रसाद देबकोटा, कमला कार्की, अम्विका पन्त, भरत ज्ञवालीलगायतले स्वर्गीय भण्डारी प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यस्तै विभिन्न सामाजिक संघ संस्था तथा सहकारीमा आवद्ध रहनुभएका क्याप्टेन प्रेमबहादुर भण्डारीका धर्मपत्नीको स्मृतिमा विभिन्न सहकारी संस्थाहरुले पनि स्वर्गीय भण्डारी प्रति श्रद्धाञ्जली अर्पण र परिवारमा समबेदना ब्यक्त गरेका छन् । बहुउद्देश्यीय सहकारी संस्था मणिग्राम रुपन्देहीका अध्यक्ष गणेश पाठक, निवर्तमान अध्यक्ष किशोर सुवेदी, सचिव होम पौडेललगायतले स्वर्गीय भण्डारीको परिवार प्रति समबेदना ब्यक्त गर्नुभएको थियो ।
यस्तै हाम्रो सगरमाथा सहकारी संस्था, शँकरनगर दुर्गादत्त बहुमखी क्याम्पस, न्यू लाईट कलेज ब्यवस्थापन समिति लगायतका संघ संस्थाले पनि आजै स्वर्गीय भण्डारीको निवासमा शोक सभाको आयोजना गरी परिवार जनमा समबेदना प्रकट गरेका छन् । स्वर्गीय भण्डारीका श्रीमान्, ३ छोरा र १ छोरी छन् ।

≪ Previous Post

बुटवलमा खुल्ला नियमित रक्तदान : ७५ जनाले गरे रक्तदान

Next Post ≫

रुपन्देही व्यापार संघको २१ औं स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क