Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो : गृहमन्त्री खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १९ कार्तिक २०७८ · 0
नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो : गृहमन्त्री खाँण
110
SHARES
ShareTweet

तिलोत्तमा, १९ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्नु नै राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ । नागरिकले आफ्नो जीवन रक्षाका लागि समाज, राज्य र सरकारको निर्माण गरेको हो भन्दै मन्त्री खाँणले नागरिकको जीवन रक्षाका लागि राज्य सधै गम्भीररुपमा रहनु पर्ने र बर्तमान सरकार पनि नागरिकको जीवन रक्षा, विधिको शासन, संविधानको पालना र रक्षाका लागि प्रतिवद्ध छ भन्नुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १ शँकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा अवस्थित गौशालामा आज शुक्रबार आयोजित गोवद्र्धन तथा गाई पूजामा सहभागि हुन आउनुभएका गृहमन्त्री खाँणले हाम्रो जीवन र गौमाताको उपस्थिति अन्योन्याश्रीत रहेको बताउनु भयो । उहांले गाईले समाजलाई पवित्र बनाउने, समाजमा चेतना फैलाउने स्नेह र माया बांड्ने काम गरेको छ भन्दै गाई भएका कारण गाईको महत्वले समाजमा जागरण ल्याएको छ भने र सन्तुलन पनि मिलेको छ भन्नुभयो ।
‘गाईलाई कसरी बहुउपयोगी बनाउने र गाईका प्रतिको सम्मान कसरी जोगाउने भन्ने हामी सबैको सामुहिक दायित्व हो । गाई गोरुका कारण सडकमा हुने हुने दुर्घटना रोक्न, दुर्घटनाबाट कोही कसैको अकालमा ज्यान नजाओस् र गाई गोरुलाई पनि दुर्घटना र घाईते हुनबाट जोगाउनका लागि गौशालाको निर्माण गरिएको हो ।’ मन्त्री खाँणले भन्नुभयो ।
गौशाला भित्र प्रवेश गरेपछि मान्छे लाई शान्ति होस्, मनको तनाव हटोस्, मन स्वस्थ होस् भन्नका लागि गौशालालाई नमुनाको रुपमा बिकास गर्न जरुरी रहेको उहांले बताउनु भयो । मन्त्री खाँणकै अवधारणा र परिकल्पना अनुसार गौशाला निर्माण भएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाँणले पूर्ववर्ती एमालेको सरकारले कागजी बजेट वनाएको टिप्पणि गर्नुभयो । पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई घांस नखाने कागजी घोडाको संज्ञा दिदै उहांले वर्तमान सरकारले ल्याएको बजेट यथार्थमा आधारित बजेट हो भन्नुभयो ।
‘जनतासंग हामीले जे हो त्यही बोल्नु पर्छ । जे बोल्या छ त्यो गर्नुपर्छ, जे गर्ने हो त्यही बोल्नु पर्छ भन्ने हाम्रो मान्यता हो । सेतो कागजमा कालो मसीले बनाएको बजेटले काम गर्दैन, कोषमा पैसा छैन । मन्त्री खाँणले भन्नुभयो ।
समाजलाई सदैब विभाजित गर्न र सधै नै द्वन्द प्रति प्रेरित गर्न हंदैन भन्दै मन्त्री खाँणले यसले देश र जनातका प्रति न्याय नहुने बताउनु भयो । शान्ति कायम गर्न र द्वन्द ब्यवस्थापन गर्नका लागि राजनीतिक मुलधारमा नभएका विभिन्न राजनीतिक दलहरुसंग सरकार र गृहमन्त्रीका हिसावले आफुले पनि त्यस्ता दलहरुलाई मुलधारमा ल्याउनका लागि सम्वाद र वार्ता गरिरहेको बताउनु भयो ।
तिलोत्तमा गौशालाका अध्यक्ष श्याम केसीको अध्यक्षता र सचिव होम पौडेलको संचालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, नेपाली काँग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डे, मन्दिरका पुजारी रन्ती देवदास लगायतले गौशालालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा किास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सो अवसरमा मन्त्री खाँणले गाई, गोवद्र्धन र शिव मुर्तिको पूजा आरधना गर्नुभएको थियो ।
मन्त्री खाँण तिलोत्तमा गौशालामा आयोजित कार्यक्रम पछि देवदह नगरपालिकामा अवस्थित गौशालामा आयोजित कार्यक्रममा सहभागि हुनुभएको थियो । मन्त्री खाँणको बुटवलमा सुरक्षा समितिको बैठक र गौतम बुद्ध विमान स्थलको निरीक्षण र रुपन्देहीका उद्योगी ब्यवसायीसंगको भेटघाट पछि आजै काठमाडैं फर्किने कार्यक्रम रहेको छ ।

≪ Previous Post

बुटवल शिवनगरमा नन्दिनी गौ संरक्षण केन्द्रको शुभारम्भ

Next Post ≫

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क