Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०७८ · 0
श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ
60
SHARES
ShareTweet

कपिलवस्तु, २२ कात्तिक । श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका मृतकका श्रीमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका वडा नं. ११ बाबा बनगाई बस्ने बर्ष ४५ को राम केवल लोनियालाई पक्राउ गरेको हो ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९ चम्पापुर साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको छ भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले पूर्व पश्चिम महेन्द्र राजमार्गबाट ५०० मिटर उत्तरतर्फको जंगलमा मानव कंकाल ( खप्पर, हड्डीहरु ), हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडी लट्पटिएको शवको हड्डीका केही भागहरु फेला पारेपनि शवको पहिचान खुलेको थिएन ।
ईलाका प्रहरी कार्यालय गोरुसिङेमा गत असोज २६ गते ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भई रहेकोमा यही कात्तिक ७ गते जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ११ बाबा बनगाई बस्ने बर्ष १८ की पुनिता लोनियाले घटनास्थलमा फेला परेका दशी, सामग्री र मृतकसँग सम्बन्धित चप्पल, कपडाहरु आफ्नो आमा चिन्का लोनियाको हो भनि सनाखत गरेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा प्रहरीले मृतकको गाउँ घरमा गोप्य रुपमा बुझ्दै जाँदा कर्तव्य गरी निजकै श्रीमानले मारेर वारदात पश्चात नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपी बस्दै आएको भन्ने बुझिन आए पछि प्रहरीले मृतकको श्रीमान राम केवल लोनियालाई खोज तलास गर्ने क्रममा यही कात्तिक १९ गते बिहान करिव ८ः०० बजेको समयमा बुद्धभुमि नगरपालिका वडा नं. ९ डुमराबाट पक्राउ गरेको हो । पक्राउ परेका लोनियालाई कर्तव्य ज्यान मुद्धा शिर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्विकृत लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महाराजगंज नगरपालिका वडा नं. ११ बाबा बनगाईकी बर्ष ३५ की चिन्का लोनिया गत भदौ १५ गते गाउँबाट हराएकी थिईन् । उनी हराएको करिव एक महिना पछि गत असोज १७ गते दिउसो २ बजेको समयमा बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित चम्पापुर साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको थियो ।
प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका अभियुक्त लोनियाले श्रीमती चिन्का लोनियाले पर पुरुषसंग अवैध सम्बन्ध राख्ने गरेको कुरामा शंका गरेर श्रीमतीलाई सम्झाउँदा श्रीमान श्रीमती बिच दैनिक कलह झै झगडा हुने गरेको थियो । दिनहुं कल झगडा हुन थालेपछि श्रीमान लोनियाले श्रमितीसंग सम्बन्ध विच्छेद माग्दा सम्बन्ध विच्छेद नदिईएकोले श्रीमतीलाई मारिदिन्छु भनेर योजना बनाएका थिए । योजना अनुरुप गत भदौ १५ गते श्रीमतीलाइ फकाई फुलाई बुद्धभूमि नगरपालिका वडा नं.९ चम्पापुर स्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा बाती काट्ने काठ लिन जाउं भन्ने बहाना बनाएर निज लोनियाले श्रमितीलाई साथमा लगेर बाती काट्नको लागि लगेको हसियाले कर्तव्य गरी श्रीमतीको हत्या गरी घटनामा प्रयोग भएको हँसिया बेल नदीमा फाली आफू भारत तर्फ भागेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो : गृहमन्त्री खाँण

Next Post ≫

बुटवल–पाल्पा सडकखण्ड रातको समयमा सवारी आवागमन बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क