Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ११ साउन । यही साउन ४ गते सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट निर्वाचित वी पी कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्ँन भएको छ ।
प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता महेन्द्र पाण्डेले नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
सा् अवसरमा बोल्दै निर्वाचन अधिकृत पाण्डेले वी पी का आदर्श र सिद्धान्तहरु मानिसका जीवन पद्धतिसंग जोडिएको र वर्तमान राजनीति पनि वी पी ले प्रति। पादन गरेको सिद्धान्त अनुरुप चलेकाले वी पी संग जोडिएका संघ संस्थाले विचार र वहसका कार्यक्रममा जोड दिनुपर्ने वताउनु भयो ।


प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले प्रतिष्ठानको आफ्नै स्पष्ट उद्देश्य र मार्गचित्र रहेकाले सोहि अनुरुपका कार्यक्रम संचालन गर्ने गरी संस्था अगाडी बढेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप शसक्त र प्रभावकारी बनाईने बताउनु भयो ।
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्षहरु हरिप्रसाद पन्त, लक्ष्मण आचार्य क्षेत्री, काँगैस नेता राप्रसाद खनाल, नव निर्वाचित सदस्य बिनोद ज्ञवालीलगायतले बोल्दै वी पी अध्ययन प्रतिष्ठान साझा संस्था भएकाले सबैका भावना र विचारलाई समेटेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।


प्रतिष्ठानको तेस्रो अबिधेशनवाट युवराज गिरी अध्यक्ष, बिमलराज भट्टराई उपाध्यक्ष, खिमानन्द भट्टराई सचिव, कृष्णप्रसाद ज्ञवाली कोषध्यक्ष, दिनानाथ गिरी सहसचिव तथा बिनोद ज्ञवाली, डोलप्रसाद अर्याल, शसिधर घिमिरे, सीता कार्की र राधा ज्ञवाली सदस्यरहेको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । यस्तै लेखा समिति संयोजकमा सुन्दर कुमार गहतराज चयन हुनुभएको छ ।
यस्तै नव निर्वाचित कार्यसमितिको शनिवार नै बसेको पहिलो बैठकले आगामी भदौ २४ गते पर्ने वी पी जयन्तीमा विशेष कार्यक्रम गर्ने र साधारण सभा तथा अबिधेशन सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सवैप्रति आभार सहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

≪ Previous Post

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

Next Post ≫

पत्रकार पाण्डेलाई पितृशोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क