Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण
40
SHARES
ShareTweet


संसार पोष्ट
तिलोत्तमा, ११ साउन । तिलोत्तमा नगरपालिले सुरु गरेको बृक्षारोपण अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडा तथा टोलहरुमा बिरुपा रोप्ने काम भैरहेको छ ।
अभियान अन्तर्गत बिभिन्न वडा तथा टोलले आफ्नो वडा र टोलमा प्रत्येक दिन जसो फलफुल तथा बनस्पतिका बिरुवा रोपेका छन् ।
अभियान अन्तर्गत तिलोत्तमा नगरपालिकाको सिद्धा
र्थराजमार्गमा बाँकी रहेको स्थानमा समेत बृक्षारोपण गरिएको छ । नगरपालिकाको वडा नम्वर ९ को आयोजना र मङ्गलापुर पुर्ब टोल विकास संस्था, शंकरपुर टोल विकास संस्था, तुल्सपुर टोल विकास संस्था, मिलिजुली टोल विकास संस्था, विभिन्न आमा समुहहरु, क्लबहरु तथा संघसंस्थाका सदस्यहरुको सहभागितामा सिद्धार्थराजमार्गको शंकरपुर चोकदेखि भलवारीसम्म सडकको दायाँबायाँ डिभाइडर र बिचभागमा सरसफाई सहित बृक्षारोपण गरिएको छ ।
शुक्रवारदेखि सुरु गरिएको बृक्षारोपण अभियान अन्तर्गत सिद्धार्थराजमार्गको दायाँबायाँ डिभाईडरमा ६ सय वटा अलसटोनिया र बिचमा ६ सय वटा बेगनवेली फूलका विरुवा गरी १२ सय बोटविरुवा रोपिएको वडा नम्वर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो ।
वडा अध्यक्ष न्यौपानेका अनुसार वडा भित्र रहेका मठ्मन्दिर, सडकको छेउछाउ बन्दै गरेको वडा कार्यालय, सभाहल आसपास तथा बिभिन्न सार्बजनिक स्थलमा समेत फलफुल तथा बनस्पतिका बिरुवा लगाईने कार्यक्रम छ ।
‘ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा’ नारा तय गरी सरसफाई र बृक्षारोपणको अभियान चलाएको तिलोत्तमा नगरपालिकाले यस बर्ष ५० हजार विरुवा रोप्ने लक्ष्य राखेको छ ।

≪ Previous Post

गुल्मी पहिरो प्रभावितलाइ सहयोग अभियानमा बुद्ध टेलिभिजन

Next Post ≫

वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क