तिलोत्तमा, ३ कात्तिक । नेपाली काँग्रेस वडा समिति तिलोत्तमा नगरपालिका वडा नम्बर ३ रुपन्देहीले बुधबार पार्टीका वडा सह सचिव मान बहादुर थापाकी माता धनी थापाको निधन भएको नवौं दिनको पुण्य तिथिमा शोक सभा गरेको छ ।
पार्टीका वडा सहसचिव मानबहादुर थापा र क्रियाशिल सदस्य कुलबहादुर थापाकी माता धनी थापाको २०७८ असोज २६ गते ८२ बर्षको उमेरमा निधन भएको थियो ।
पार्टीका नेता कार्यकर्ता तथा उनका घर परिवारको निधन भएमा घरमै पुगेर शोक सभा, समबेदना ब्यक्त तथा मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्ने पार्टीको संस्कार अनि नीति अनुसार वडा समितिले शोक सभाको आयोजना गरी परिवारजनमा समबेदना ब्यक्त गरेको हो ।
शोक सभामा पार्टीका महासमिति सदस्य, महधिबेशन प्रतिनिधी, जिल्ला सदस्य, क्षेत्रिय प्रतिनिधी, वडाबाट नगर तथा विभिन्न संघ संस्थामा प्रतिनिधित्व गर्ने पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
वडा समितिले आयोजना गरेको शोक सभामा सहभागि हुनु भएका नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डेले वडा समितिले मृत्यु संस्कारमा सहभागि भएर परिवारजनमा समबेदना ब्यक्त र मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्य राजनीतिक हिसावले मात्र नभएर सामाजिक र मानविय हिसावले पनि उत्कृष्ट कार्य भएको बताउनु भयो ।
उहांले मानिसको जन्म पछि निधन शास्वत सत्य भएपनि आफुलाई पर्दा सहन गर्न नसकिने पिडा वोध भएपनि सहन गर्नुको विकल्प नभएको भन्दै काँग्रेसमा आवद्ध धनी थापाको निधनले पार्टीलाई अपृुरणिय क्षति पुगेको वताउनु भयो ।
शोक सभामा नेपाली काँग्रेस तिलोत्तमा ३ की सभापति केशरी पाण्डेले शोक मन्तब्य ब्यक्त गर्दै पार्टीका वडा सहसचिव मानबहादुर थापाकी माताको निधनले आफु र सिंगो वडा समिति स्तब्ध भएको बताउनु भयो । उहांले थापाकी आमाको निधनले पार्टीका नेता कार्यकर्तामा पीडा वोध भएको उल्लेख गर्दै जन्मे पछि मृत्यु वरण गर्नै पर्ने प्रकृतिको नियमलाई सबैले आत्मसाथ गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
पार्टीका वडा सचिव नेत्र बहादुर अधिकारीको संचालनमा भएको शोक सभामा महासमिति सदस्य चित्र केसी, महाधिबेशन प्रतिनिधी चिरन्जीवी पौडेल, जिल्ला सदस्य हरिप्रसाद तिवारी, क्षेत्रीय प्रतिनिधीहरु ढालबहादुर कार्की, खिमानन्द भट्टराई, रामबहादुर थापा, घनश्याम तिवारी, कालिका रेग्मी, नगर उपसभापति कल्याण पौडेल, माया चौधरी, नेता केशब शर्मा तिवारी लगायतले परिवारजनमा समबेदना ब्यक्त गर्नुभएको थियो ।
शोक सभामा स्वर्गीय धनी थापाको पारिवारिक पृष्ठ भूमिका बारेमा परिवारका सदस्य रामबहादुर थापाले प्रकाश पार्नु भएको थियो ।