कपिलवस्तु, ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले करिव दुई लाख मुल्य बराबरका सालको काठ गोलिया बरामद गरेको छ ।
प्रहरीले जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. १ छपिया स्थित चिरकुट केवटको पोखरीमा वेवारिसे अवस्थामा रहेको सालको काठ गोलिया ९ थान (४८ क्युफिट) बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले खानतलासी गर्दा पोखरीमा लुकाई राखेको अबस्थामा बरामद गरी उक्त काठ आवश्यक कारवाहीको लागि बरामदी मुचुल्का सहित जिल्ला वन कार्यालय तौलिहवामा पठाईएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
