Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैना नगरपालिकाले धान वालीमा भएको क्षतिको विवरण संकलन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैना नगरपालिकाले धान वालीमा भएको क्षतिको विवरण संकलन गर्ने

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७८ · 0
सैनामैना नगरपालिकाले धान वालीमा भएको क्षतिको विवरण संकलन गर्ने
90
SHARES
ShareTweet

मौरी पालन ब्यवसायलाई टेवा दिन एक घर एक चिउरीको बोट अभियान
सैनामैना, २ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिकाले अबिरल वर्षाका कारण धान वालीमा भएको क्षतिको विवरण संकलन गर्नेभएको छ ।
भोलि बुधबारदेखि धान बालीमा भएको क्षतिको विवरण संकलन गर्ने भएको छ । गत आइतबार र सोमबार परेको वर्षाले पाकेर स्याहार्ने बेला भैसकेको धान डुबानमा परी क्षती भएकाले भोली बुधबार देखि धान वालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी आवश्यक राहतको व्यवस्था गरिने नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो ।
मँगलबारदेखि सैनामैना नगरपालिकामा सुरुभएको पाँच दिने मौरीपालन तालिमको उद्घाटन क्रममा बोल्दै नगर प्रमुख केसीले वर्षाका कारण धानबालीमा पुगेको क्षतिको विवरण संकलन गरी क्षती भएका गरिब तथा विपन्न परिवारका किसानहरुलाई राहत उपलब्ध गराईने बताउनुभयो । किसानको खेतमा पुगेर क्षतीको विवरण संकलनपछि सैनामैनाको बिपद् ब्यवस्थापन समिति मार्फत सक्दो सहयोग उपलब्ध गराउने उहांले बताउनु भयो ।
नगर प्रमुख केसीले ५ दिने मौरीपालन तालिमको शुभारम्भ गर्दै नगरमा मौरी पालन व्यवसायबाट प्रशस्त लाभ लिन सकिने धारणा व्यक्त गर्नुभयो । सैनामैनाको चुरे क्षेत्रमा मौरी लक्षित बोट बिरुवा लगाएमा स्थानीय २५ प्रतिशत नगरबासीले राम्रो आय आर्जन गर्न सक्ने बताउनु भयो । उहांले नगरपालिकाले चिउरीकोे बोट रोपेर हेरालु ब्यवस्थापन गरी केही विरुवा हुर्काउन सफल भएको र यसबाट भविष्यमा मौरी पालक किसानलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सैनामैना नगरपालिकाले मौरी पालन ब्यवसायलाई टेवा पुराउने गरी अगामी वर्षबाट एक घर एक चिउरीको बोट अभियान सुरु गर्ने पनि उहांले बताउनु भयो ।
कोभिड– १९ उद्धार, सामाजिक तथा आर्थिक प्रतिकार्य पहल परियोजना युएनडिपि, सैनामैनाको आर्थिक सहयोग र सेतो गुराँस बालविकास संस्थाको ब्यवस्थापनमा मौरी पालन तालिम संचालन गरिएको हो । नगरमा मौरी पालन स्रोत केन्द्र बनाउने र परम्परागत मौरीपालनबाट आधुनिक मौरी पालन तर्फ मौरी पालक किसानलाई लैजाने उद्देश्यले तालिम संचालन गरिएको सेतोगुराँस बालबिकास संस्थाका कार्यकारी निर्देशक सुमित्रा शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाका कृषि शाखा अधिकृत सृजना खनाल सुवेदीका अनुसार नगरपालिकाले दिर्घकालिन सोच राखेर मौरी पालन व्यवसायलाई टेवा पुग्ने गरि सामुदायिक बनमा चिउरीको बोट लगाउने काम गरेको बताउनु भयो । यस प्रकारको तालिमले सैनामैनाका मौरी पालक किसानलाई फाईदा पुग्ने सैनामैना मौरीपालन संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । तालिममा नगरका २८ जना मौरी पालक किसानको सहभागिता रहेको छ ।
कार्यक्रममा सैनामैना नगरकी उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, पशु विकास शाखा अधिकृत इन्द्र खड्का लगायतको तालिममा सहभागिहरुलाई सिकेको सीप व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

≪ Previous Post

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्ति पक्राउ

Next Post ≫

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा शोक सभाको आयोजना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क