Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्ति पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७८ · 0
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्ति पक्राउ
110
SHARES
ShareTweet

बुटवल, २ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले असोज २४ गते मोतिपुर औद्योगिक क्षेत्रमा घटेको घटनामा प्रत्यक्ष संलग्न जिल्ला कपिलवस्तु सुद्धोधन गाउँपालिका वडा नं.६ स्थायी वतन भई हाल जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.११ देवीनगर स्थित डेराकोठामा बस्ने बर्ष ४४ को साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।
निज मुसलमानले सरकारी जग्गा अतिक्रमणको लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको भन्ने बुझिन आएकोले निजलाई खोजतलास गर्ने क्रममा कात्तिक १ गते राती अनदाजी साढे आठ बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.११ देवीनगर स्थित निजको डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी गराउनु भयो ।
निज मुसलमानको डेरा कोठाबाट ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ समेत बरामद गरेको र सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मुसलमानलाई आज मंगलवार ईलाका प्रहरी कार्यालय बुटवलले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ति बिरुद्धको कसूरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा बिभिन्न ब्यक्ति तथा समुहले अतिक्रमण तथा कब्जा गर्ने मनसायले उक्त स्थानमा गैर कानुनी भेला जम्मा हुने गतिविधि बढेपछि जिल्ला सुरक्षा समितिको बैठकले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । असोज २४ गते प्रहरी र जग्गा अतिक्रमण गर्ने समूहविच भएको झडपमा प्रहरीको गोली लागि ४ जनाको ज्यान गएको थियो भने प्रहरी र जग्गा अतिक्रमण गर्ने दर्जनौं घाईते भएका थिए ।

≪ Previous Post

एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी

Next Post ≫

सैनामैना नगरपालिकाले धान वालीमा भएको क्षतिको विवरण संकलन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क