Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७८ · 0
एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी
70
SHARES
ShareTweet

बुटवल, २ कात्तिक । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले यही कात्तिक ६ गते हुने वडा अधिवेशनका लागि सबै शाखामा जिम्मेवारी तोकेको छ । उपमहानगर कमिटीको सोमबार बसेको बैठकले वडा अधिवेशनका लागि उपल्लो तहका नेताहरुलाई अध्यक्ष मण्डल र प्रमुख अतिथिको जिम्मेवारी लिइदिन अनुरोध गर्दै नामावली तय गरेको हो ।
जस अन्तर्गत बैठकले बुटवल वडा नम्बर १ मा डा. इश्वर गौतमलाई प्रमुख अतिथिको रुपमा सहभागि हुन आग्रह गर्दै नारायण भट्टराईलाई अध्यक्ष मण्डलको अध्यक्ष तोकेको छ । त्यस्तै बुटवल–२ मा एजाज आलमलाई प्रमुख अतिथि र रमेशप्रसाद नेपाललाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिन आग्रह गरिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले जानकारी दिनुभयो ।
बुटवल वडा नम्बर ३ मा सावित्रा अर्याल र विमलबहादुर शाक्यलाई प्रमुख अतिथि तथा घनश्याम चापागाईंलाई अध्यक्ष मण्डलको अध्यक्ष, बुटवल–४ मा हरि कार्की, विनोद गौतम वा जगत पोखरेललाई प्रमुख अतिथि र खेमप्रसाद लुईंटेललाई अध्यक्ष मण्डलको अध्यक्ष तोकिएको छ ।
त्यस्तै बुटवल–५ मा रुहुल अमिन वा भुवनेश्वर भण्डारीलाई प्रमुख अतिथि एवं जलिल मियालाई अध्यक्ष मण्डलको अध्यक्ष, ६ मा नेत्र पन्थीलाई प्रमुख अतिथि एवं बाबुराम भट्टराईलाई अध्यक्ष मण्डलको अध्यक्ष, ७ मा शिवराज सुवेदी वा कृष्ण पाण्डेलाई प्रमुख अतिथि एवं ऋषिराम पाण्डेलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिन आग्रह गरिएको पन्थीले बताउनुभयो ।
बुटवल वडा नम्बर ८ मा भोजप्रसाद श्रेष्ठ, सूर्यबहादुर भट्टराई वा युवराज घिमिरेलाई प्रमुख अतिथि एवं ज्ञानप्रसाद अर्याललाई अध्यक्ष मण्डलको अध्यक्ष, ९ मा दधिराम न्यौपाने वा माधव नेपाललाई प्रमुख अतिथि एवं भरतराम भट्टराईलाई अध्यक्ष मण्डलको अध्यक्ष, बुटवल–१० मा कृष्ण पोखरेल वा माया बराललाई प्रमुख अतिथि एवं माया बराललाई नै अध्यक्ष मण्डलको अध्यक्ष तोकिएको छ ।
त्यस्तै बुटवल–११ मा लिला गिरी, मेघराज न्यौपाने वा मोति पाण्डेलाई प्रमुख अतिथि एवं गोपाल रानालाई अध्यक्ष मण्डलको अध्यक्ष, १२ मा गुरुप्रसाद शर्मा, विमला पन्थी वा यज्ञमूर्ति भण्डारीलाई प्रमुख अतिथि एवं वसन्त ढकाललाई अध्यक्ष मण्डलको अध्यक्ष, १३ मा डिआर घिमिरेलाई प्रमुख अतिथि एवं तेजेन्द्र केसीलाई अध्यक्ष मण्डलको अध्यक्ष, १४ मा कमल गौतमलाई प्रमुख अतिथि एवं दधि न्यौपानेलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिन अनुरोध गरिएको छ ।
त्यस्तै बुटवल–१५ मा बलबहादुर आचार्यलाई प्रमुख अतिथि एवं प्रेमबहादुर गुरुङलाई अध्यक्ष मण्डलको अध्यक्ष, १६ मा पुरन गुरुङलाई प्रमुख अतिथि एवं रामप्रसाद रेग्मीलाई अध्यक्ष मण्डलको अध्यक्ष, बुटवल–१७ मा गुमा आचार्यलाई प्रमुख अतिथि एवं गुरु पंगेनीलाई अध्यक्ष मण्डलको अध्यक्ष, १८ मा तुलसी चौधरी, देवी भण्डारी वा आशिष थारुलाई प्रमुख अतिथि एवं खुमराज ढकाललाई अध्यक्ष मण्डलको अध्यक्ष, १९ मा कुमार थापालाई प्रमुख अतिथि एवं नेत्र कार्कीलाई अध्यक्ष मण्डलको अध्यक्ष तथा हाटबजार क्षेत्रका लागि तुलसी बन्जाडेलाई प्रमुख अतिथि एवं किसन ज्ञवालीलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिइदिन आग्रह गरिएको छ ।
वडा अधिवेशनमा वडा कमिटीमा रहेका सबै संगठीत सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पनि एमाले बुटवल उपमहानगर कमिटीले आग्रह गरेको छ । वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव २ गरी पाँच सदस्यीय पदाधिकारी तथा बढीमा ४१ सदस्यीय कमिटी हुने छ । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले समसामयिक राजनीतिक परिस्थिति र अधिवेशनका बारेमा प्रकाश पार्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीको समृद्धिको लागि सदैव प्रयत्नशिल रहने छु : गृहमन्त्री खाँण

Next Post ≫

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्ति पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क