Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ शँकरनगर सामुदायिक वनका पूर्व अध्यक्षको स्मृतिमा शोकसभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वनका पूर्व अध्यक्षको स्मृतिमा शोकसभा

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७८ · 0
शँकरनगर सामुदायिक वनका पूर्व अध्यक्षको स्मृतिमा शोकसभा
70
SHARES
ShareTweet

तिलोत्तमा, ६ असोज । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४, रुपन्देहीले समूहका पूर्व अध्यक्ष स्वर्गीय दिलबहादुर कार्कीको स्मृतिमा शोकसभा गरेको छ ।
समूहले तिलोत्तमा नगरपालिका –२, सिता राईस मिल चोकस्थित स्वर्गीय कार्कीको आफ्नै निवासमा समूहका पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारीलयागतको उपस्थिथिमा बुधबार बिहान शोक सभा गरेको हो ।
वि.सं. २०६१ देखि २०६४ सम्म सामुदायिक वनको उपाध्यक्ष तथा २०६७ देखि २०७२ सालसम्म अध्यक्ष पदमा रही शँकरनगर सामुदायिक वनको संरक्षण, संवद्र्धन र विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका कार्कीको गएको भदौ २९ गतेका दिन ७६ बर्षको उमेरमा निधन भएको थियो ।
शोकसभामा समूहका अध्यक्ष रबिन्द्र बस्नेत, निवर्तमान उपाध्यक्ष राम गिरी, उपाध्यक्ष कमला ज्ञवाली, सल्लाहकार खिमानन्द भट्टराई, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्य, सदस्य मिनप्रसाद देवकोटा, लालबहादुर भण्डारीलगायतले स्वर्गीय कार्कीको तस्विरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।
शोक सभामा अध्यक्ष बस्नेत र निवर्तमान अध्यक्ष तथा सल्लाहकार गिरीले कार्कीको निधनले सामुदायिक वन तथा समाजले एक सच्चा अभिभावक गुमाएको र वनलाई अपुरणिय क्षति पुगेको बताउनु भयो । उहांहरुले भौतिकरुपमा उहां नरहनुभएपनि समाज र वन क्षेत्रको विकासमा उहांले पुर्याएको योगदानका कारण उहां सदा अमर रहिरहनुहुने उल्लेख गर्नुभयो । स्वर्गीय कार्कीका १ श्रीमती, ४ छोरा र २ छोरी छन् ।

≪ Previous Post

काँग्रेस सांसद डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति

Next Post ≫

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : तिलोत्तमामा हरिलाल पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क