Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काँग्रेस सांसद डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस सांसद डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७८ · 0
काँग्रेस सांसद डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति
70
SHARES
ShareTweet

काठमाडौं, ५ असोज । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका सांसद् डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले काँग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले संसारपोष्टलाई बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका डा. खड्काको भोली हुने बताईएको छ ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललगायतको उपस्थिति रहेको थियो ।
नेताहरुका अनुसार अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि बैठक बस्ने छ । काँग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा गठबन्धन सरकारको आलोचना भइरहेको छ । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गर्नुभएको थियो । काँग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्नुभएको छ भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री बन्नुभएको छ । यस्तै प्रधानमन्त्री देउवाले गत साउन १० गते काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

≪ Previous Post

कपिलवस्तु प्रहरीद्वारा २ लाख बढिको अबैध सामान बरामद

Next Post ≫

शँकरनगर सामुदायिक वनका पूर्व अध्यक्षको स्मृतिमा शोकसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क