कपिलवस्तु, ५ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट नेपाल तर्फ भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ७० हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट आज (मंगलबार) दिउसो खटिएको प्रहरी गस्ति टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ लालकोठी नजिकबाट उक्त मूल्य बराबरको अबैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीको गस्ति टोलीले प्याज ५० किलो, आलु १०० किलो, फुल काउली ५० किलो, बन्दा गोपि १०० किलो, सिमला मिर्च ३० किलो, टमाटर ९० किलो, पिडालु २० किलो, भिन्डि २० किलो र बोरी २० किलो सहित जम्मा मुल्य रु.३३ हजार ५०० बराबरको सामान बरामद गरेको छ ।
यस्तै खटिएको प्रहरी टोलीले मंगलबार दिउसो कृष्णनगर नगरपालिका वडा नं. २ बसपार्क नजिकबाट लेडिज सुट १५ जोर र १४ हजार मुल्य बराबरको ग्यास सिलिण्डर सहित ३६ हजार ५ सयको सामान बरामद गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोलीले कपिलबस्तु नगरपालिका वडा नं. २ कुदान स्थित तौलिहवा मर्यादपुर सडकको छेउ किनारबाट १ लाख ३२ हजार ९ सय ५० रुपैयां बराबरको दैनिक उपभोग्य घरायसी सामान बरामद गरेको छ । यसरी बरामद भएको सामान आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
जिल्लामा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की आएसंगै शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण र फरार अपराधी पक्राउ गर्ने अभियान शसक्त रुपमा अगाडी बढाईएको छ । प्रहरी संगठन भित्र राम्रो छवि वनाउनु भएका प्रहरी उपरीक्षक कार्कीले प्रचारमुखी भन्दा परिणाम मुखी कामलाई प्राथमिक्ता राखेर काम गर्ने गरेको पाइन्छ ।
