बुटवल २४ भदौ । बुटवल सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयले बुधबार हरितालिका तीजको अवसरमा विद्यार्थीहरुवीच अनलाईन तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यार्थीहरुहरु लाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउदै संरक्षण र सम्वद्र्धनमा अग्रसर गराउने तथा विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा माध्यमिक, प्राथमिक र पुर्व प्राथमिक तह गरी तीनै तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
जस अन्र्तगत माध्यमिक तह तर्फको प्रतियोगितामा तृप्ती कुँवर प्रथम, बेला खड्का द्वितीय, सदिक्षा भण्डारी तृतीय र परिधी भुषाल सान्त्वना हुन सफल भएभने प्राथमिक तह तर्फको प्रतियोगितामा रिया बिश्वकर्मा प्रथम, अनुष्का भट्टराई द्वितीय, आर्या गैरे तृतीय र आइशना भट्टराई सान्त्वना हुन सफल भए । त्यस्तै पूर्व प्रथमिक तह तर्फको प्रतियोगितामा संसा ज्ञवाली प्रथम, मनिष बेल्वासे द्वितीय, प्रद्दिती बेल्वासे तृतीय र दिप्सन रुचेल र सनम बुढाथोकीले सान्त्वना स्थान हासिल गरेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिन गिरीको अध्यक्षतामा भएको उक्त प्रतियेगितामा विद्यालयका प्राचार्य थानेश्वर पौडेल, सह प्राचार्य सुर्य प्रसाद पाण्डे र बरिष्ठ शिक्षक वेदनिधी घिमिरे लगातले तीजको महत्व माथि प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा मावि तर्फ इश्वरी खनाल र रोमी श्रेष्ठ ले निर्णायकको भूमिका निभाएका थिए भने प्राथमिक तहत र्फ भगवती पाण्डे, सविता के.सी. र जमुना रिजाल, पुर्व प्राथमिक तह तर्फ प्रमिना ज्ञवाली र मिना पाण्डेले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रममा शिक्षक गिता राना, कल्पना पौडेल र पुष्पा खड्काले सहजिकरण गरेका थिए ।
