भैरहवा, २५ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाल बाट भारत तर्फ लैजांदै गरेको अवस्थामा १४ वटा अष्ट्रिजका चल्ला बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवा बाट बाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ २३ गते राती पौने १० वजेको समयमा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्वर २ मैनिहवाबाट ती चल्ला बरामद गरेको हो ।
प्रहरीका अनुसार लु ३ च १९१३ नम्वरको पिकअप गाडीमा नेपालबाट भारत तर्फ लैजांदै गरेको अवस्थामा प्रहरी टोलीले पिकअप गाडी सहित अष्ट्रिजका चल्ला बरामद गरेको हो ।
प्रहरीले अष्ट्रिजका चल्लाको मुल्य रु. ९० हजार र पिकअप गाडीको मुल्य रु. १४ लाख सहित १४ लाख ९० हजार मुल्यांकन गरेको छ । बरामद भएका अष्ट्रिजका चल्ला आवश्यक कारवाहीका लागि पुशु सेवा क्वारेन्टाईन बेलहिया पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायाण थापाले जानकारी गराउनु भयो ।