Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७८ · 0
काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट यादवको राजीनामा
70
SHARES
ShareTweet

जारी १४ औं महाधिबेशन अन्योलमा
काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएपछि काँग्रेस महाधिवेशनमा अन्योलता उत्पन्न भएको छ । यादवले राजीनामा दिएपछि नेपाली काँग्रेसको १४ औं महाधिबेशन अब के हुन्छ भन्ने प्रश्न उठेको छ । यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको हो ।
यसअघि पार्टी नेताहरुको अनाबश्यक दबाबका कारण राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको थियो । गएको चैत १६ गते अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोडेपछि उहांको ठाउँमा आउनुभएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा दिएपछि नेपाली काँग्रेसको जारी महाधिबेशन के हुन्छ भन्ने प्रश्न उब्जेको छ ।
यादवले राजीनामा दिएपछि पार्टी नेताहरु रमेश लेखक, डा. प्रकाशशरण महत र मिन विश्कर्माले राजीनामा फिर्ता गराउन प्रयास जारी राख्नुभएको छ । यादवले भने आफु अराजनीतिक र अवैधानिक गतिविधिका लागि मतियार बन्न नसक्ने भन्दै राजीनामा फिर्ता नलिने अडान राख्नुभएको बताईएको छ ।
क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लाको वडा अधिवेशन हुन सकेको छैन । २० जिल्लाको वडा अधिबेशन अनिश्चित हुंदा भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।
जसका कारण असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

≪ Previous Post

अबैध अष्ट्रिजका चल्ला सहित पिकअप गाडी प्रहरी नियन्त्रणमा

Next Post ≫

दाउन्नेमा दुई वटा ट्रक ठक्कर खाँदा १ जनाको मृत्यु, ३ घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क