बुटवल, २३ भदौ । ठुलो मात्रामा नेपालबाट भारततर्फ अवैध रुपमा केराउ लैजाने क्रममा २ जना मानिस सहित ३० क्विन्टल मटर रुपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरी ठुलो परिमाणमा मटर बरामद संगै जिल्लामा मटरको चोरी पैठारी गर्ने गिरोहको नाईकेलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले मटरको चोरी पैठारी गर्ने गिरोहको नाईके रुपन्देहीको मर्चवारी गाउँपालिका–१ का ३३ वर्षका हरिशंकर यादव र सोही ठाउँका २८ वर्षीय रामरतन यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । कोटहिमाइ गाउँपालिका–५ दुइमुहान स्थित लु १ ज ४५१८ नम्बरको पिकअप गाडीमा नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ३० क्विन्टल मटरसहित उनीहरुलाई पक्राउ गरिएको थापाले बताउनु भयो ।
केराउ र सवारी साधनको गरी अनुमानित मूल्य १२ लाख ४० हजार रहेको प्रहरीले जनाएको छ । वरामद सामान सहित मानिसलाई आबश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।