Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले विभाजन गम्भीर अपराध हो, इतिहासले माफ गर्दैन :उपमहासचिव पौडेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले विभाजन गम्भीर अपराध हो, इतिहासले माफ गर्दैन :उपमहासचिव पौडेल

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७८ · 0
एमाले विभाजन गम्भीर अपराध हो, इतिहासले माफ गर्दैन :उपमहासचिव पौडेल
100
SHARES
ShareTweet

बुटवल, २३ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथी बन्चरो प्रहार गरेजस्तै भएको टिप्पणी गर्नु भएको छ ।
‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भन्नु भयो, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।
नेकपा एमालेमा समन्वयकारी नेता भनेर चिनिने नेता पौडेलले बुटवलमा प्रदेश कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा माधव नेपालसँगको आक्रोस पोख्दै नेकपा एकिकृत समाजवादी पार्टी गठन गर्नुभएका नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिनुभयो । उहांले यो विभाजनले नेकपा एमालेलाई कुनै असर नगर्ने जिकिर गर्नुभयो । कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले आरोप लगाउनु भयो ।
‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गरिएको छ,’ पौडेलले भन्नुभयो, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुहोस् । एमालेभित्रको विवादका सन्दर्भमा १० बुँदे सम्झौता कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।
उपमहासचिव पौडेलले चौतर्फी आलोचना भैरहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताउनु भयो । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भन्नुभयो ।
सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको उल्लेख गर्नुभयो ।
एमाले लुम्बिनी प्रदेशको बैठकले गरेका निर्णय सार्वजनिक कार्यक्रममा ओली पक्षका नेताहरुको मात्रै सहभागिता रहेको थियो । नेपाल समूहमा लागेर अध्यक्ष ओली विरुद्ध संघर्ष गरेका अर्का उपमहासचिव घनश्याम भुसाल र बैठकमा सहभागि माओवादी केन्द्र छोडी एमाले प्रवेस गरेका टोप बहादुर रायमाझी भने पत्रकार सम्मेलनमा आउनुभएन । एमाले विभाजनको बाछिटो लुम्बिनीमा नपरेको र एमाले एकताबद्ध भएको भनिए पनि घनश्याम भुसाल किन आउनुभएन भन्ने पत्रकारहरुको प्रश्नमा नेता पौडेलले केही दिन पछि हसिलो मुहारमा उहांलाई देख्न सक्नु हुनेछ भन्नुभयो ।
एमाले विभाजनपछि लुम्बिनीका नेता कार्यकर्ता जोगाउने गरि उपमहासचिव पौडेल बुटवल आउनुभएको हो । एमाले जेठ २, २०७५ मा फर्कने भनेपनि एमालेका नेताले भने यसबारे अझै स्पष्ट जवाफ दिइसकेका छैनन् ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ११ लाख बढीको सामान बरामद : कारवाहीका लागि भन्सार चलान

Next Post ≫

रुपन्देहीमा ३० क्विन्टल मटरसहित चोरी पैठारीका नाइके यादव पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क