Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ११ लाख बढीको सामान बरामद : कारवाहीका लागि भन्सार चलान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ११ लाख बढीको सामान बरामद : कारवाहीका लागि भन्सार चलान

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७८ · 0
रुपन्देही प्रहरीद्वारा ११ लाख बढीको सामान बरामद : कारवाहीका लागि भन्सार चलान
120
SHARES
ShareTweet

भैरहवा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतका विभिन्न प्रहरी ईकाईहरुले सोमबार र मंगलबार आ–आफ्नो वडा ईलाकाहरुबाट ११ लाख बढीको अबैध माल–सामान र अबैध कारोबारमा संलग्न मानिसहरुलाई पक्राउ गरेको छ । प्रहरीले चाड पर्व शुरु भएसंगै भारतबाट हुने चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान संचालन गरेपछि दिनहुं जसो लाखौं मुल्य बराबरका अवैध सामान बरामद गर्न रुपन्देही प्रहरी सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धर्थनगर नगरपालिका वडा नं.४ स्थित गौतम बुद्ध विमानस्थल नजिकै भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको रु. ५४ हजार बराबरको ब्रोइलर कुखुरा र रु. ५९ हजार बराबरको ३ वटा खसी गरी जम्मा रु १ लाख १३ हजार बराबरको अबैध कुखुरा र खसी बरामद गरेको छ । प्रहरीले जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं.७ बस्ने बर्ष २६ को रमजान अन्सारीलाई लु ३३ प ५०१८ नं. र लु १९ प १३४१ नं.को मोटरसाइकल सहित पक्राउ गरेको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय मर्चवारी मातहत प्रहरी चौकी रोईनिहवा (खजहना) बाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका वडा न. ५ बिजगौरीमा भारत बाट अबैध रुपमा भन्सार छली नेपाल तर्फल्याउंदै गरेको ब्रोईलर कुखुरा र चामल गरी जम्मा रु.३८ हजार बराबरको अबैध माल सामान बरामद गरेको छ । बरामद ब्रोईलर कुखुरा पशु कार्यालय क्वारेनटाईनका कर्मचारीको रोहबरमा खाडल खनि गाडेर नष्ट गरेको छ भने र चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनी तथा मातहत प्रहरी चौकी कालिदह र अस्थाई प्रहरी बिट महिलावारबाट खटिएको प्रहरी टोलीले भारत बाट भन्सार छली अबैधरुपमा लु ७१ प १२५४ नम्बरको पल्सर मोटरसाइकलमा ल्याउदै गरेको चिनी, किरानाका सामान, श्रृंगारका सामान जेन्स अण्डरवेयर–६८० पिस गरी रु. ३ लाख ४ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ का बिभिन्नस्थानहरुमा अवैध रुपमा भन्सार छली भारतवाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न लत्ताकपडा, किराना सामाग्री र अस्पतालका सामानहरु गरि रु. १ लाख ३४ हजार ५० रुपैयाँ बरावरको अबैध सामान बरमद गर्न सफल भएको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको मायादेबी गाउापालिका वडा नं. ८ बिश्वकर्मा मन्दिर नजिकै भारत बाट भन्सार छली अबैधरुपमा ल्याउदै गरेको लत्ताकपडा, श्रृंगारका सामाग्री, किरानाका सामान र मोबाईल सम्बन्धि सामानहरु गरी रु.३ लाख ६८० रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउापालिका २ खरविन्द टोल नजिकै भारतबाट नेपाल तर्फ अबैधरुपमा लु २ प ४२२५ नं. को मोटरसाइकलमा ल्याउंदै गरेको अवस्थामा विभिन्न कम्पनीको १२ थान मोवाईल सेट र मोटरसाइकल सहित रु. २ लाख २० हजार बराबरको अबैध मोबाईल बरामद गरेको छ । प्रहरीले कारोबारमा संलग्न जिल्ला महाराजगंज भारत गजरहवा बस्ने बर्ष २२ को सोहन सहानी र जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका ३ बस्ने बर्ष २० को शिव सागर धोवीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले अबैध सामान र कारोबारमा संलग्न मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागि भन्सार कार्यालय बेलहिया र पशु सेवा क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।

≪ Previous Post

निजामति कर्मचारी दिवसमा रोहिणीमा बृक्षरोपण :पुरस्कारको घोषणा

Next Post ≫

एमाले विभाजन गम्भीर अपराध हो, इतिहासले माफ गर्दैन :उपमहासचिव पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क