Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निजामति कर्मचारी दिवसमा रोहिणीमा बृक्षरोपण :पुरस्कारको घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजामति कर्मचारी दिवसमा रोहिणीमा बृक्षरोपण :पुरस्कारको घोषणा

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७८ · 0
निजामति कर्मचारी दिवसमा रोहिणीमा बृक्षरोपण :पुरस्कारको घोषणा
70
SHARES
ShareTweet

भैरहवा, २२ भदौ । निजामति कर्मचारी दिवसको अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकाले पुरस्कारको घोषणा गरेको छ । निजामति कर्मचारी दिवसको अवसरमा रोहिणी गाउँपालिकाद्वारा आयोजित बृक्षारोपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उत्कृष्ट कर्मचारीहरुलाई यस दिन सम्मान एवम पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कोरोना महामारीको समयमा रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मी एवम अन्य कर्मचारीले पनि आफ्नो परिवारको माया मारेर रोहिणी गाउँपालिकावासी ४० हजार स्थानीयको सेवामा खटिएको भन्दै प्रंशसा गर्नुभयो । कोभिडको समयमा स्वास्थ्यकर्र्मीहरु स्वास्थ्य कार्यालयको ब्यवस्थापन एवम बिरामीको सेवाको साथै क्वारेन्टाईन ब्यवस्थापनमा खटिएको र अन्य कर्मचारीहरु पनि लकडाउनको समयमा पनि खाद्यान्न आपूर्तिको साथै गाउँपालिकाको आन्तरिक काममा खटिएकोले पालिकाले धेरै नागरिकको ज्यान जोगाउन सकेको उहांले बताउनु भयो ।
सबै कर्मचारीको सम्मान र स्थानीय प्रशासन चुस्त दुरुस्त तथा स्वस्थ प्रतिस्प्रधि बनाउन पुरस्कारको घोषणा गरिएको र पुरस्कार यसै बर्ष देखि प्रदान गरिने उहांले जानकारी दिनुभयो । यस बर्ष समय गईसकेकोले आउदो हिउदे अधिवेशनको खुल्ला सत्रमा र आगामी दिनहरुमा दिवसकै दिन पुरस्कार वितरण गर्ने र यसको कार्यविधि बनाएर कार्यपालिकाबाट पारित गराउने समेत उहांले बताउनु भयो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले कर्मचारी प्रशासन र जनप्रतिनिधि एक भएर काम गर्नु पर्ने बताउनु भयो । उहांले जनप्रतिनिधिहरुले बनाएको नीति नियम कर्मचारी प्रशासनले चुस्त दुरुस्त रुपमा कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको बताउनु भयो । निजामति सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुने र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित सुशासन प्रदान गर्न निजामति कर्मचारीहरुको सहयोग लिएको उहांले बताउनु भयो ।
नेपालमा हरेक बर्षको भदौ २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती कर्मचारी दिवस मनाइन्छ । सोही अनुसार आगामी ५ बर्षको लागि “ब्यवसायिक श्रृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन” भन्ने मूल नारा सहित यो दिवस रोहिणीमा पनि मनाईएको हो ।
दिवसको अवसर पारेर गाउँपालिकाले वडा नम्बर २ मा रहेको पोखरभिण्डी माध्यमिक बिद्यालय, २ नम्बर वडाको कार्यालय, पोखरभिण्डी स्वास्थ्य चौकी र प्रहरी चौकी मैनिहवामा बृक्षारोपण गरेको छ । यी कार्यालयहरुमा धुपी, निम, बेल, हर्रो, कल्की, टिक, कागती, दालचिनी, सिसौ र रक्तचन्दन गरि १ सय ६ वटा बिरुवा रोपिएको प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा अध्यक्ष ईन्द्रमान चौधरी, स्वास्थ्य तर्फका कर्मचारी ताराप्रसाद गैरेले आआफ्ना भनाई राख्नुभएको थियो । डाजेन्द्र प्रसाद नेपालको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले गर्नुभएको थियो ।

≪ Previous Post

युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार साहित्यकार पाण्डेयलाई

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ११ लाख बढीको सामान बरामद : कारवाहीका लागि भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क