Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ स्व. टिआर विश्वकर्माको स्मृतिमा बुटवलमा अन्तरक्रिया
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्व. टिआर विश्वकर्माको स्मृतिमा बुटवलमा अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७८ · 0
स्व. टिआर विश्वकर्माको स्मृतिमा बुटवलमा अन्तरक्रिया
60
SHARES
ShareTweet

बुटवल, ७ भदौ । पत्रकारिता र साहित्यमार्फत सामाजिक रुपान्तरणमा लागेका स्व. टि. आर. विश्वकर्मालाई नयाँ पुस्तामाझ चिनाउने काम हुन नसकेको पत्रकार सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देहीले टि. आर. विश्वकर्माको ३१ औं स्ृमति दिवसमा आज बुटवलमा आयोजना गरेको पत्रकारिता र साहित्यमा स्व. टि.आर. विश्वकर्मा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले स्व. टि. आर विश्वकर्माको योगदानलाई भुल्न नहुने बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले स्व. टि.आर विश्वकर्मालाई नयाँ पुस्ता माझ चिनाउन आवश्यक रहेको बताउनु भयो । उहांले दलित समुदायले भोग्दै आएको छुवाछुत र विभेदलाई दण्डित बनाउनुपर्छ भनेर माग गर्दै निरन्तर प्ररेणा साप्ताहिक निकालेर जनतालाई जागरुक बनाउने काम विश्वकर्माले गरेको बताउनु भयो । कार्यक्रममा स्व. टि आर विश्वकर्मासँग संगत गरेका तथा नेपाल भारत मैत्री संघका अध्यक्ष ओमप्रकाश रामदामले विश्वकर्माको राजनीतिक सक्रियता भएपनि पत्रकारिता र साहित्य नै उनको मूल कर्म भएको बताउनु भयो ।
कार्यक्रममा राससका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउनुपर्ने बताउनु भयो । उक्त अवसरमा बरिष्ठ पत्रकार नारायण सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, दलित अगुवा जुद्ध विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, केन्द्रीय सदस्य सञ्जय सौगात, प्रेस संगठन रुपन्देहीका सचिव विष्णु पोखरेल, सल्लाहाकार सावि विश्वकर्माले बोल्दै पत्रकारिता क्षेत्रले इतिहासको खोजी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रम संघका अध्यक्ष टंक सुनारको अध्यक्षता, सचिव सुरेश परियारको सञ्चालन तथा सहसचिव गोविन्द रसाईलीको स्वागतमा भएको थियो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रीय समितिले पत्रकार स्व. टि.आर. विश्वकर्माको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरि पुरस्कार प्रदान गर्दै आएको छ । १९९० सालमा जन्मिएका स्व. टि आर.को २०४७ सालमा भारतमा मृत्यू भएको थियो ।
गत फागुनमा भएको प्रथम सम्मेलनमा संघले स्व. टि.आर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कलेन्द्र सेजुवाल र बृजलाल पासवानलाई पुरस्कृत गरेको थियो ।

≪ Previous Post

रोहिणीमा घर तथा अन्य संरचनाको अनिवार्य नक्शा पास

Next Post ≫

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत, पक्षमा ४२ तटस्थ १ जना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क