Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणीमा घर तथा अन्य संरचनाको अनिवार्य नक्शा पास
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणीमा घर तथा अन्य संरचनाको अनिवार्य नक्शा पास

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७८ · 0
रोहिणीमा घर तथा अन्य संरचनाको अनिवार्य नक्शा पास
80
SHARES
ShareTweet

भैरहवा, ७ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबार देखि गाउँपालिका क्षेत्रमा घर एवम अन्य संरचनाको अनिवार्य नक्शा पास गर्नुपर्ने नियम बनाएको छ ।
गाउापालिकाले सोमबार सूचना जारी गर्दै याही भदौ ८ गते देखि २०७९ असार मसान्तसम्म गाउँपालिकामा रहेका भवन, कलकारखाना एवम अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सो पछि नियमअनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।
रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सापास हुन बाँकी भवन, कलकाराखाना तथा संरचनाहरुको अभिलेखीकरण २०७९ असार मसान्त सम्म गरिसक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे बिलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । यसका साथै अब नयाँबन्ने भवन, कलकारखाना एवम अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्शा पास गराउनु पर्ने न्यौपानेको भनाई छ । अहिले नक्शा पास गरि घर बनाए नियम अनुसारको दस्तुर मात्रलाग्ने र कानून विपरित गई संरचना बनाए दस्तुर संगै जरिवाना समेत लाग्ने भएकोले समयमै नक्शा सम्बन्धि काम गर्न उहांले आग्रह गर्नुभयो ।
साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टि गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । उहांले यस अघि अब्यवस्थित रुपमा बसोबास रहेको कारण बिभिन्न बिकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउदै ब्यवस्थित बसोबासको लागि घर नक्शा पास अपरिहार्य रहेको बताउनु भयो ।

≪ Previous Post

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदै

Next Post ≫

स्व. टिआर विश्वकर्माको स्मृतिमा बुटवलमा अन्तरक्रिया

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क