Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत, पक्षमा ४२ तटस्थ १ जना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत, पक्षमा ४२ तटस्थ १ जना

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७८ · 0
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत, पक्षमा ४२ तटस्थ १ जना
110
SHARES
ShareTweet

बुटवल, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ । लुम्बिनी प्रदेशसभामा ८० जना सांसद रहेकोमा सोमबारको प्रदेशसभा बैठकमा सभामुख बाहेक ४३ जना सांसदहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा बिश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा पक्षमा ४२ मत र १ जना सांसद तटस्थ बसेको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री केसीलाई मुख्यमन्त्रीमा विश्वासको मत पुष्टि गर्न ४१ जना सांसद आवश्यक रहेको थियो । प्रस्तावको पक्षमा ४२ मत परेको छ । प्रदेशसभाकी उपसभामुख कृष्णि थारु भने प्रस्तावको पक्ष विपक्षमा मत जाहेर नगरी तटस्थ बसेको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराउनु भयो । गत साउन २७ गते विपक्षी गठबन्धनको नेतृत्वमा मुख्यमन्त्री चयन हुनुभएका केसीले मुख्यमन्त्री भएको १२ दिनमै विश्वासको मत लिनु भएको हो । विश्वासको मत लिने प्रदेश सभाको बैठकमा उपसभामुख सहित ३७ सांसद रहेको प्रमुख प्रतिपक्षी दल एमालेले भने बैठक वहिष्कार गरेको थियो ।
यसअघि सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत दिन आग्रहगर्नु भएको थियो ।
आफु मुख्यमन्त्री बनेपछि नेकपा एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गर्नु भयो । संविधानले निर्दिष्ट गरे अनुसार विपक्षीदलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री केसीले बताउनु भयो । लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताउनु भयो ।
मुख्यमन्त्री केसीले कोभिड नियन्त्रण, रोकथाम तथा नागरिकलाई खोप आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भयो । उहाँले मन्त्रिपरिषदले पूर्णता पाउनासाथ राजधानी व्यवस्थापन र रोजगारी बढाउने काम अगाडि बढाउने समेत बताउनु भयो ।

≪ Previous Post

स्व. टिआर विश्वकर्माको स्मृतिमा बुटवलमा अन्तरक्रिया

Next Post ≫

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क