बुटवल, १६ साउन । नेपाल नियमित रक्तदाता संघले शनिवार रुपन्देहीको दुई स्थानमा वृहत रक्तदान गरेको छ । संघको आयोजनामा बुटवलमा गरिएको रक्तदानमा ६५ प्वाईन्ट र सैनामैनामा गरिएको रक्तदान कार्यक्रममा ४१ जना गरि कुल १०६ प्वाईन्ट रगत संकलन भएको छ ।
संघले हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा र आकष्मिक रुपमा आवश्यकता परेमा जुनसुकै बेलामा पनि रगत संकलन गरि रक्त संचार केन्द्र(ब्लड बैक)लाई उपलब्ध गराउदै आएको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको युगल सहकारीको स्थापनाको अवसरमा नेपाल नियमित रक्तदाता संघ र संघको सैनामैना शाखाको सम्युक्त आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका सचेतक भूमिश्वर ढकाल र बुटवलमा भएको कार्यक्रम उद्योगी एजाज आलमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक दीपक अधिकारीले बताउनु भयो ।
बुटवलमा भएको कार्यक्रममा संघका अध्यक्ष दया बहादुर सिलवाल र सैनामैनामा भएको कार्यक्रम गोविन्द पोखरेलको अध्यक्षतामा भएको मधु अर्यालले बताउनु भयो ।
