Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी बुटवल साउथद्वारा १० ब्यक्ति र ३ संस्था ‘कोभिड हिरो’को रुपमा सम्मानित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी बुटवल साउथद्वारा १० ब्यक्ति र ३ संस्था ‘कोभिड हिरो’को रुपमा सम्मानित

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७८ · 0
रोटरी बुटवल साउथद्वारा १० ब्यक्ति र ३ संस्था ‘कोभिड हिरो’को रुपमा सम्मानित
120
SHARES
ShareTweet

बुटवल, १६ साउन । रोटरी क्लव अफ बुटवल साउथले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर कोरोना संक्रमित बिरामीलाई सहयोग गर्नेहरुलाई ‘कोभिड हिरो’ को रुपमा सम्मान गरेको छ । कोरोना महामारीको समयमा अस्पतालमा उपचाररत बिरामीलाई खाना खुवाउने, रगत आवश्यक परेका बिरामीलाई रगतको आपूर्तिमा भूमिका खेल्ने, संक्रमित बिरामीलाई परामर्श तथा उपचारमा सहयोग गर्ने र यो अभियानमा सहयोग गर्ने १० जना र तीन वटा संस्थालाई ‘कोभिड हिरो’ को रुपमा सम्मान गरेको हो ।
शुक्रबार साँझ आयोजना गरिएको क्लवको २१ औं पदस्थापन कार्यक्रममा कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर समाजको सेवा गरेका अमृतकुमार थापा (मार्टिन), दिपेश कंडेल, सन्दिप कसौधन, पबित्रा राना, बिशाल श्रेष्ठ, बिपिन कुवँर, हरि क्षेत्री, मंगल भण्डारी, कृष्ण चौहान क्षेत्री, डा. सन्तोष पोखरेल र संस्थागत रुपमा बुटवल सेरोफेरो हङ्कङ्, जनजागृति युवा क्लव तिलोत्तमा र लेट नेपाल ब्रेथ युकेलाई सम्मान गरिएको हो ।
त्यसै क्लवका सदस्य दिनेश घिमिरेलाई मरणोपरान्त तथा पत्रकार कबिन्द्र नेपाल र रेनुका गिरीलाई पत्रकारिताका माध्यमवाट सहयोग गरेको भ्नदै सम्मान गरिएको थियो । त्यस्तै भगिनी क्लव रोट्रयाक्ट क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीलाई जनही ३० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका ग्रामीण तथा शहरी बिकास मन्त्री हरि रिजालले समाज सेवामा रोटरीको भूमिका महत्वपूर्ण रहेको औंल्याउँदै कार्यक्रममा आएपछि क्लवको महत्व अझै राम्रोसंग बुझ्ने मौका पाएको बताउनु भयो ।
त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष प्रेम भुर्तेलले नवनिर्वाचित अध्यक्ष ध्रुव धिताललाई पद हस्तान्तरण गर्नुभयो । पदभार ग्रहण गर्दै अध्यक्ष धितालले क्लवले यस अगाडि गरेका गतिबिधिले आफूलाई सामाजिक काममा प्रतिस्पर्धाको चुनौति थपिएको र त्यसको सामना गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष भुर्तेलले क्लवले यस अंगाडी सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम गर्न सुझाव दिनुभएको थियो । आफू क्लवको अध्यक्ष भएपछि कोरोना महामारी फैलिएको र सोंचेजति काम गर्न नसकिएको बताउँदै उहाँले तरपनि कोभिड प्रभावितलाई राहत प्रदान गर्ने तथा उपचारलाई सहज बनाउनको लागि अस्पतालहरुमा स्वास्थ्य उपकरण प्रदान गर्ने लगायतका धेरै काम गरिएको बताउनु भयो । त्यस्तै ५ वटा स्पोन्सर क्लव गठन गरिएको र यो वर्ष थप ५ वटा क्लव गठन गर्ने लक्ष्य रहेको समेत उहाँले जानकारी गराउनु भयो ।
त्यस अवसरमा डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, एसिस्टेन्ट गभर्नर कृष्ण पाण्डे, क्लवका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवाली, क्लवका पे्रसिडेन्ट इलेक्ट टंकनाथ अधिकारी, सचिव निशानबाबु कार्की, शारदा पंगेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

पत्रकार महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने

Next Post ≫

नेपाल नियमित रक्तदाता संघद्वारा रक्तदान : १०६ युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क