Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकार महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७८ · 0
पत्रकार महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने
70
SHARES
ShareTweet

महासंघको कामलाई ब्यवस्थित बनाउन उपसमिति गठन
बुटवल, १५ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । उपसमितिमा मोती न्यौपाने, पुनहरी बेल्बासे र नविन घिमिरे सदस्य रहेका छन् । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदिप आचार्य र सलमान खाँन रहेका छन् ।
यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन गरिएकोे छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे रहेका छन् । कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार सदस्य रहेको पुरस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै सहसचिव विरेन्द्र कुँवरको संयोजकत्वमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे सदस्य रहेको अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । अर्का सहसचिव माया केसीको संयोजकत्वमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य रहेको लैंगिक तथा समावेशी उपसमिति गठन गरिएको छ ।
बैठकले पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालिन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुट्टाएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिनुभयो । यस्तै बैठकले रुपन्देहीका सञ्चारगृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एंव संस्थाको वेभसाईड निर्माण गर्ने निर्णय पनि गरेको छ ।

≪ Previous Post

शिक्षक महासंघद्वारा देशभर रिले अनसन

Next Post ≫

रोटरी बुटवल साउथद्वारा १० ब्यक्ति र ३ संस्था ‘कोभिड हिरो’को रुपमा सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क