Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शिक्षक महासंघद्वारा देशभर रिले अनसन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षक महासंघद्वारा देशभर रिले अनसन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७८ · 0
शिक्षक महासंघद्वारा देशभर रिले अनसन
50
SHARES
ShareTweet

बुटवल, १५ साउन । नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत आज(शुक्रबार) देशभर रिेले अनसन गरेको छ । हरेक स्थानीय तह, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालय र केन्द्रमा माइतीघर मण्डलामा अनसन कार्यक्रम गरिएको हो ।
शिक्षक महासंघ लुम्बिनीले पनि शिक्षा तथा सामाजिक विकास मन्त्रालय, बुटवलमा रिले अनसनको कार्यक्रम गरेको छ । महासंघले शुक्रबार बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म कार्यक्रम गरेको हो ।
महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक कुलप्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । संयोजक लामिछानेले शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताउदै मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यस्तै जिल्ला शिक्षा तथा समन्वय इकाई रुपन्देही तथा जिल्लाका १६ वटै स्थानीय तहमा पनि रिले अनसन भएको छ । अनसनमा महासंघमा आवद्ध शिक्षक संघ संस्थाका पदाधिकारी, सदस्य तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
महासंघले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने, शैक्षिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम कायम हुनुपर्र्ने, निजामती कर्मचारी सरह तलव भत्ता र ग्रेडिङको व्यवस्था हुनुपर्ने, विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरुको पालना गर्नुपर्ने माग गर्दै आएको छ ।
यस्तै तत्काल संघीय शिक्षा ऐन लागू गर्न, स्थानीय तहबाट हुने शिक्षक सरुवा रोक्न, शिक्षक कर्मचारी स्वास्थ्य कोषको व्यवस्था गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्नुुपर्ने लगायतका ३४ बुँदे माग राखेर चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

Next Post ≫

पत्रकार महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क