Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७८ · 0
लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण
60
SHARES
ShareTweet

संविधानले निर्दिष्ट गरेअनुसार निर्णय गर्ने प्रतिवद्धता
बुटवल, १५ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नु भएको छ । शेरवहादुर देउवा सरकारको गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।
लुम्बिनीका प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दै कालीगण्डकी–तिनाउ डाइभर्सन गर्नुपर्ने बताउनु भयो । प्रदेश प्रमुख शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताउदै उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुननदिने उपाय अवलम्बन गर्न सकिने बताउनु भयो ।
‘गण्डकी प्रदेश प्रमुख हुँदापनि मैले यही सुझाव दिएको हुँ,’ उहाँले भन्नु भयो– ‘डाइभर्सन गरेको पानी जहाँ गएपनि नेपालीले प्रतिफल पाउने हो ।’ शेरचनले संविधान भन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरेअनुसार निर्णय गर्ने बताउनु भयो । लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिनुभयो । प्रदेश सरकार, राजनीतिकदल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उहाँको भनाइ रहेको छ ।
तेस्रो प्रदेश प्रमुख भएर आउनु भएका शेरचनको पदभार ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु भने उपस्थित भएनन् । २०७४ साल माघ ७ गते नेपाली कांग्रेस नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त ग¥यो । गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनःमुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग प्रदेशका विपक्षी गठबन्धन रुष्ट बनेका थिए ।

≪ Previous Post

पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति

Next Post ≫

शिक्षक महासंघद्वारा देशभर रिले अनसन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क