बुटवल, १४ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा कोभिड १९ महामारीको सन्दर्भमा मानवअधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम रुपन्देही जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गर्ने उद्देश्यले बसेको बैठकले अनुगमन समिति गठन गरेको हो ।
बैठकमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ, औषधी व्यवसायी संघ, इन्सेक, नेपाल मानव अधिकार संगठन, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, महिला, बालबालिका, दलित, आदीवासी जनजाती महासंघ, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायतका विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यविधि अनुसार उक्त समितिको सदस्य सचिवमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत दीपक ठाकुर रहनुभएको छ । यस्तै समितिमा बार एशोसिएसन रुपन्देहीका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्र प्रसाद बन्जाडे, नेपाल औषधी व्यवसायी संघ, रुपन्देहीका सुरज भट्टराई, गैर सरकारी संस्था महासंघ रुपन्देही÷इन्सेकका प्रतिनिधि रिमा वि.सी, स्वतन्त्र विकास समाज नेपालका सावित्रा घिमिरे, साहसी कदम नेपाल÷यौनिक तथा लैङ्गिक अल्पसंख्यकका आनिक राना सदस्य रहनुभएको छ ।
समितिमा आप्रवासी महिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे, थर्ड एलाइन्स, रुपन्देहीका अग्नीशक्ति यादव, आदीवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवनकुमार पौडेल, परिवर्तन नेपालका रिता सेन ओली, मानवअधिकारका लागि एकल महिला समूहका राधिका श्रेष्ठ, महुरी होम, रुपन्देहीका रामविकास चौधरी, अपाङ्ग महासंघ, रुपन्देहीका हुमनाथ अधिकारी, माइति नेपालका माया क्षेत्री, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका डि.पी खनाल, नमुना एकिकृत विकास परिषदका ज्ञानु पौडेल, दलित महिला संघ रुपन्देहीका मनु खड्का, एडभोकेसी फोरम, रुपन्देहीका इन्दिरा आचार्य गरी समितिमा २१ जना सदस्य रहेका छन् ।
