Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७८ · 0
पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति
90
SHARES
ShareTweet

बुटवल, १४ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा कोभिड १९ महामारीको सन्दर्भमा मानवअधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम रुपन्देही जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गर्ने उद्देश्यले बसेको बैठकले अनुगमन समिति गठन गरेको हो ।
बैठकमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ, औषधी व्यवसायी संघ, इन्सेक, नेपाल मानव अधिकार संगठन, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, महिला, बालबालिका, दलित, आदीवासी जनजाती महासंघ, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायतका विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यविधि अनुसार उक्त समितिको सदस्य सचिवमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत दीपक ठाकुर रहनुभएको छ । यस्तै समितिमा बार एशोसिएसन रुपन्देहीका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्र प्रसाद बन्जाडे, नेपाल औषधी व्यवसायी संघ, रुपन्देहीका सुरज भट्टराई, गैर सरकारी संस्था महासंघ रुपन्देही÷इन्सेकका प्रतिनिधि रिमा वि.सी, स्वतन्त्र विकास समाज नेपालका सावित्रा घिमिरे, साहसी कदम नेपाल÷यौनिक तथा लैङ्गिक अल्पसंख्यकका आनिक राना सदस्य रहनुभएको छ ।
समितिमा आप्रवासी महिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे, थर्ड एलाइन्स, रुपन्देहीका अग्नीशक्ति यादव, आदीवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवनकुमार पौडेल, परिवर्तन नेपालका रिता सेन ओली, मानवअधिकारका लागि एकल महिला समूहका राधिका श्रेष्ठ, महुरी होम, रुपन्देहीका रामविकास चौधरी, अपाङ्ग महासंघ, रुपन्देहीका हुमनाथ अधिकारी, माइति नेपालका माया क्षेत्री, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका डि.पी खनाल, नमुना एकिकृत विकास परिषदका ज्ञानु पौडेल, दलित महिला संघ रुपन्देहीका मनु खड्का, एडभोकेसी फोरम, रुपन्देहीका इन्दिरा आचार्य गरी समितिमा २१ जना सदस्य रहेका छन् ।

≪ Previous Post

छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ

Next Post ≫

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क