Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७८ · 0
छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ
80
SHARES
ShareTweet

बुटवल, १४ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले संविधानको हक र अधिकार कार्यान्वयनमा दलहरु इमान्दार नहुँदा सामाजिक विभेद अन्त्य हुन नसकेको बताउनु भएको छ । जातीय छुवाछुत दलितहरुको मात्रै नभई सभ्य समाजको मुद्धा भएको उहांले बताउनु भयो । जागरण मिडिया सेन्टरको आयोजनामा विहिबार बुटवलमा भएको दलित समुदायको मानव अधिकार संरक्षण र प्रवद्र्धनमा प्रदेश सांसदको भूमिका बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नैतिकता र इमान्दारिता दलहरुमा नदेखिएकाले दवावको खाँचो रहेको औल्याउनु भयो । विभेद रहित समाज निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उहांले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनीका भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले जातका आधारमा विभेद अझै पनि कायम रहेको बताउँदै दलित समुदायले भोगेका समस्या समाधान गर्ने सवालमा आफूहरु प्रतिबद्ध भएको बताउनु भयो । दलितको बिषय दलित सांसद वा त्यो समुदायले मात्रै उठाउनुपर्ने युगको अन्त्य गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
सांसद कमला देवी विश्वकर्माले संघीयताको पहिलो अभ्यासमा रहेकाले आवश्यक कानुन निर्माणमा सहयोग नपाएको बताउनु भयो । अर्का सांसद दीपा विश्वकर्माले सरकार कस्तो बन्छ भन्दा पनि कस्तो दृष्टिकोणले बनेको हुन्छ त्यो महत्वपूर्ण हुने भन्दै दलित समुदायका लागि प्रदेशमा छुट्टै कानुन निर्माणमा जुटेको उल्लेख गर्नुभयो ।
संविधानसभा सदस्य विनोद पहाडीले लुम्बिनी प्रदेशमा दलित समुदायको सशक्तिकरणका लागि विधेयक आवश्यक भएको बताउँदै त्यसका लागि सांसदहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड दिनुभयो । उहांले लुम्बिनीका मुख्यमन्त्रीले ३ वर्षको अवधिमा दलित समुदायका लागि कुनै पनि काम नगरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा अधिवक्ता पदम कार्कीले संविधानमा भएको व्यवस्थाको अधिकतम उपभोग हुन नसकेको बताउनु भयो । यूवा संघका केन्द्रीय उपमहासचिव सरिता श्रीसले सामूहिक भावनाका साथ एकताबद्ध भएर विभेद विरुद्धको अभियानमा लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्मा, भगत सर्वजित प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, दलित नेता ओम प्रकाश विक, जनप्रतिनिधिहरु माया दर्नाल, सुष्मा अर्याल, सरस्वती परियार, माधवलाल सपाकोटा, कृष्ण गाउँले, लता खड्का, गकुल विश्वकर्मा, जानकी नेपाल, सावित्रा विश्वकर्माले सरकार र सांसदहरुले विभेदरहित समाज निर्माणमा सशक्त भूमिका खेल्न नसकेको आरोप लगाउनु भएको थियो । कार्यक्रम जागरण मिडिया सेण्टरका सचिव कृष्ण दर्नालको स्वागत एंव विनोद परियारको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

नियमित विद्युत आपूर्तिको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले बुझायो ज्ञापन

Next Post ≫

पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क