Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नियमित विद्युत आपूर्तिको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले बुझायो ज्ञापन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नियमित विद्युत आपूर्तिको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले बुझायो ज्ञापन

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७८ · 0
नियमित विद्युत आपूर्तिको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले बुझायो ज्ञापन
110
SHARES
ShareTweet

बुटवल, १४ साउन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विद्युत आपूर्तिलाई नियमित बनाउन माग गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केही समयदेखि बुटवल क्षेत्रमा विद्युतको आपूर्ति अनियमित भएको बताउँदै संघको टोलीले लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विद्युत आपूर्ति अनियमित हुँदा उद्योग व्यबसायमा र ग्राहस्थ उपभोक्तामा कठिनाई उत्पन्न भएको बताउनु भयो ।
ज्ञापन पत्रमा एकातिर विद्युत उत्पादन क्षमतामा बृद्धि भई विद्युतमा आत्मनिरभरता तर्फ अगाडि बढेको समाचार आएका छन् भने अर्कोतर्फ त्यसको ठिक विपरित आपूर्ति दिनानुदिन अनियमित भएको उल्लेख गरिएको छ । त्यस्तै पटक–पटक विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगको मेसिनरी लगायत उत्पादन तयारीमा रहेको कच्चा माल समेत नोक्सानी हुँदा उत्पादन लागत बढ्न जाने भएकोले विद्युत वितरण प्रणालीलाई सवलीकरण गर्न र भार व्यबस्थापनको लागि यथासिघ्र पहल गर्न अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रादेशिक प्रमुख ठाकुरले योगिकुटी ग्रिडमा रहेका तीन वटा ट्रान्सफर्मर मध्ये एउटा जलेका कारण त्यसले ५÷७ दिन यता समस्या आएको बताउनु भयो । एकातिर गर्मीमा लोड बढेको र अर्कोतिर चलिरहेको ट्रान्सफर्मर बिग्रिदा बुटवल, भैरहवा, नयामिल र अमुवा फिडरमा समस्या भएको बताउँदै उहाँले समस्या समाधान र उचित व्यबस्थापनको काम भईरहेकाले विद्युत नियमित आपुर्ति हुन ८÷१० दिन समय लाग्ने बताउनु भयो ।

≪ Previous Post

साझा अस्पताल बुटवलमा आइसियू सुविधा थप

Next Post ≫

छुवाछुत सभ्य समाजको मुद्धा हो : मन्त्री श्रेष्ठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क