Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओभर लोड नियन्त्रणका लागि बन्द रहेका धर्मकाँटा संचालन गरिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओभर लोड नियन्त्रणका लागि बन्द रहेका धर्मकाँटा संचालन गरिने

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७८ · 0
ओभर लोड नियन्त्रणका लागि बन्द रहेका धर्मकाँटा संचालन गरिने
90
SHARES
ShareTweet

बुटवल, १६ साउन । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशले लामो समय देखि बन्द रहेका धर्मकाँटा संचालन गर्ने निर्णय गरेको छ । शनिवार बुटवलमा बसेको विशेष बैठकले ओभर लोड नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा ट्रक यातायात व्यवसायी समितिले संचालनमा ल्याएका हाल बन्द रहेका धर्मकाँटा संचालन गर्ने निर्णय गरेको हो ।
धर्मकाँटा संचालन नहुदा स्वदेशी तथा भारतीय मालवाहक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्था जिर्ण वनेकोले ओभरलोड नियन्त्रणका लागि महासंघले धर्मकाँटा संचालन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सवै व्यवसायीका सवारी साधन संचालन हुने गरी वातावरण मिलाउने निर्णय समेत गरेको महासंघका प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बैठकले सरकारले हालै समायोजन गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन सवै यातायात व्यसायीलाई सहयोग गर्न आग्रह गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेशका सल्लाहकार जितबहादुर भाटले बताउनु भयो ।
प्रदेश संयोजक यमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तु र राप्ती अञ्चल सम्युक्त यातायात व्यवसायी समितिका पदाधिकारी तथा प्रदेशका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

नेपाल नियमित रक्तदाता संघद्वारा रक्तदान : १०६ युनिट रगत संकलन

Next Post ≫

रोटरी मेडिकोफ्युजनद्धारा निःशुल्क हेपाटाइटिस परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क