Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटरी मेडिकोफ्युजनद्धारा निःशुल्क हेपाटाइटिस परीक्षण
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी मेडिकोफ्युजनद्धारा निःशुल्क हेपाटाइटिस परीक्षण

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७८ · 0
रोटरी मेडिकोफ्युजनद्धारा निःशुल्क हेपाटाइटिस परीक्षण
50
SHARES
ShareTweet

बुटवल, १६ साउन । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई—क्लव अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन डा. मनिष विश्वकर्मा र डा. दिनेश गौतमले हेपाटाइटिसका कारण, लक्षण तथा उपचार पद्धतिको बारेमा जानकारी गराउँदै रोगको समयमैं पहिचान गर्न सके उपचार सहज हुने बताउनुभयो । यस्तै मनोरोग विशेषज्ञ डा. विक्रम काफ्लेले दुव्र्यसनबाट बाहिर आउन दृढ अटोठ हुनुपर्ने बताउनुभयो ।
क्लवले दिवसको अवसरमा हेपाटाइटिस रोगको बारेमा सचेतनामूलक ब्यानरहरु विभिन्न अस्पताल तथा सार्वजनिक स्थानमा समेत टाँगेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले हेपाटाइटिसलाई उन्मुलन गर्न नीति निर्माण तहमा रहेकाहरुले आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । क्लवले गरेको हेपाटाइटिस परीक्षणमा बुटवलको थाइरो ल्यावले प्राविधिक सहयोग उपलब्ध गराएको ल्यावका अध्यक्ष समेत रहनुभएका डा. दिनेश गौतमले जानकारी दिनुभयो ।
विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जनाको हेपाटाइटिसको कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो रोगबाट बच्न नवजात शिशुलाई हेपाटाइटिस विरुद्धको खोप दिनुपर्छ, जुन डिपिटी खोपमा गाभिएको हुन्छ ।
हेपाटाइटिसको उपचारमा ढिलाइ नगर्न तथा गर्भवतीले हेपाटाइटिस भए÷नभएको समयमैं परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यसैले दिवसको यो वर्षको नारा हेपाटाइटिस ः नपर्खऔं राखिएको छ ।

≪ Previous Post

ओभर लोड नियन्त्रणका लागि बन्द रहेका धर्मकाँटा संचालन गरिने

Next Post ≫

दलित समुदायको सशक्तिकरणका लागि लुम्बिनीमा छुट्टै कानुन बनाउन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क