Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दलित समुदायको सशक्तिकरणका लागि लुम्बिनीमा छुट्टै कानुन बनाउन माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दलित समुदायको सशक्तिकरणका लागि लुम्बिनीमा छुट्टै कानुन बनाउन माग

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७८ · 0
दलित समुदायको सशक्तिकरणका लागि लुम्बिनीमा छुट्टै कानुन बनाउन माग
90
SHARES
ShareTweet

बुटवल, १६ साउन । लुम्बिनी प्रदेशमा जातीय भेदभाव र छुवाछुत नियन्त्रण र दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कानुन बनाउन माग गरिएको छ । प्रदेशमा केहि समयअघि सामाजिक विकास मन्त्रालयले दलित समुदायको सशक्तिकरण र छुवाछुत नियन्त्रण गर्ने गरि छुट्टै विधेयक निर्माणको प्रक्रिया शुरु गरेको थियो । तर, कोरोना महामारी शुरु भएपछि त्यो प्रक्रिया नै अबरुद्ध भएका कारण प्रदेशसभाका सदस्य र नागरिक समुदायको प्रतिनिधित्व हुनेगरि दबाब दिनुपर्ने खाँचो औल्याइएको छ ।
जागरण मिडिया सेन्टरले प्रदेश सांसदहरुसँग शनिबार बुटवलमा गरेको छलफल कार्यक्रममा सांसदहरुले समेत दलित सशक्तिकरण विधेयक ल्याउन तयार रहेको प्रतिबद्धता जनाए ।
छलफलमा भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार, सांसदहरु रमा अर्याल, दीपा विश्वकर्मा, पुरमती ढेंगा र पुष्पा थरुनीले समाजको सबैभन्दा पिँधमा पारिएको समुदायको शसक्तिकरणका लागि कानुन आवश्यक रहेको बताउनु भयो ।
संविधानसभा सदस्य विनोद पहाडीले लुम्बिनीमा दलित समुदायका फरक फरक प्रकृतिका समस्याहरु रहेकाले छुट्टै कानुन निर्माण गरेर संस्थापक प्रदेशसभा सदस्यहरुले सामाजिक न्यायको पक्षमा काम गर्न सुझाव दिनुभयो ।
संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले कानुन निर्माण गर्ने थलोमा रहेका सांसद र नागरिक समाजको संयुक्त प्रयासले नै नमूना कानुन बनाउन सकिने बताउनु भयो । अधिवक्ता पदमबहादुर कार्कीले कानुनले समाजलाई दिशाबोध गर्ने भएकाले सांसदहरुले आफ्नो भूमिकालाई देखाउने बेला आएको बताउनु भयो । छलफल पछि दलित सशक्तिकरण विधेयकका लागि परामर्श समिति गठन भएको छ । सांसदहरु कमला विश्वकर्मा, दीपा विश्वकर्मा, पुरमती ढेंगा, पुष्पा चौधरी, रिना नेपाल, संविधानसभा सदस्य विनोद पहाडी र अधिवक्ता पदम कार्की रहेको समिति गठन गरिएको छ ।

≪ Previous Post

रोटरी मेडिकोफ्युजनद्धारा निःशुल्क हेपाटाइटिस परीक्षण

Next Post ≫

लुम्विनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क