काठमाडौं, ८ साउन । अविरल वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ । काठमाडौं विमानस्थलले दिएको जानकारी अनुसार बर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक देशका अन्य विमानस्थलहरु बन्द भएका छन् । विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडाने प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन् । भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा भने नियमित उडान भैरहेको छ ।
लगातारको वर्षाका कारण भिजिबिलिटी कमजोर भएको छ भने कतिपय विमानस्थलका धावनमार्गमा पानी जम्न थालेको छ ।
