Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0
गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या
90
SHARES
ShareTweet

राहत बोकेका गाडी साहघाट र रुद्रवेणिमा रोकिए



संसार पोष्ट
गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्दार र राहत वितरणमा समस्या उत्पन्न भएको छ । पहिरोले सवैभन्दा बढि मानवीय क्षति भएको सत्यवति गाउँपालिका वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । सडक अवरुद्ध भएकै कारण मंगलबार उद्धारका लागि गएको सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्थाका प्रतिनिधि पैदल हिडेर घटनास्थल पुगेका थिए । सडक अवरुद्ध हुंदा राहत बोकेर आएका गाडीहरु भने शाहाघाटमा रोकिएका छन् ।
गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालका अनुसार सडक अबरुद्ध भएपछि झण्डै दुई सय मानिसहरुलाई स्थानीय स्तरमा व्यवस्थापन गर्न निकै समस्या भएको छ । राहत बोकेका गाडी सडक अवरुद्धका कारण वीच सडकमै रोकिएपछि गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुटलगायतका सामग्री सकिएकाले व्यवस्थापनमा चुनौति थपिएको अध्यक्ष ढकालले वताउनु भयो । लिम्घा जस्तै पहिरो प्रभावित सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाने सवै सडक अबरुद्ध भएपछि त्यहांका लागि विभिन्न स्थानबाट आएको राहत सामग्री रुद्रवेणीमा रोकिएको छ ।
एकातर्फ सडक अवरुद्ध हुंदा राहत सामाग्री वितरणका समस्या भएको छ भने अविरल बर्षाका कारण पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा पनि समस्या उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक बस्नेतका अनुसार बर्षा नरोकिएको कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन सकिएको छैन ।
सत्वती गाउँपालिका ४ लिम्घाका वडा अध्यक्ष दानबहादुर रानाका अनुसार पहिरोमा पुरिएका ७ बर्षीय तारा विक र डेढ बर्षीय सुमन विक अझै बेपत्ता छन् । पहिरोमा पुरिएका सत्यवती ३ ठुलो लुम्पेकका माया र बवि विक पनि हराइरहेका छन् ।
पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएका लिम्घा र ठूलोलुम्पेकका करिव ६ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । सत्यवती गाउँपालिका ४ लिम्घा भीरकुनामा २० परिवार र ठूलो लुम्पेक सिङदीमा ५५ परिवार विस्थापित भएका छन् । उनीहरु आफ्ना घरमा बस्न नसकेर छिमेकीको शरणमा पुगेका छन् । कतिपयलाई स्थानीय विद्यालयमा ब्यवस्थापन गरिएको छ । वडा अध्यक्ष दान बहादुर रानाका अनुसार पहिरो गएको ठाउँ र पहिरोको जोखिममा रहेका घरका परिवारहरु पानी परेपछि पहिरोका डरले राति घर छोडेर छिमेकी र सुरक्षित ठाउँमा आएका हुन् । यस्तै ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।


पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएका कारण उद्दार र राहत वितरणमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सडक अवरुद्ध भएका कारण सडकको विकल्प नभएकाले मन्त्रीहरुसंग समन्वय गरेर हेलिकप्टरमार्फत राहत पु¥याउने तयारी गरेको बताउनु भयो । पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि त्यहां उत्पन्न खाद्य समस्या प्रति सचेत रहेको प्रमुख जिल्ला अधिकारी पोडेलले वताउनु भयो ।
पछिल्लो सरकारी अपडेट अनुसार पहिरोमा पुरिएर अहिलेसम्म लिम्घा र ठूलोलुम्पेकमा ९ जनाको मृत्यु भएको छ घने ४ जना बेपत्ता भएका छन् । पहिरो परि दुई जना घाइते भएका छन् ।
यसैवीच परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली मंगवलबार हेलिकप्टर मार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सहित पुग्नुभएको थियो । मन्त्री ज्ञवाली सहित गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डाक्टर रेशम ज्ञवाली सहितको टोलि पहिरो प्रभावित क्षेत्रमा पुगेर फर्किएको हो । उहांले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुकासाथै राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शँकर पोखरेलले पनि गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा अविरल वर्षासगैं गएको पहिरोमा परी मृत्यु भएकाहरु प्रति दुख व्यक्त गर्नुभएका छ ।
पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट ३ वटा सुरक्षा निकाय, रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका तथा अन्य राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु उद्दारमा खटिएका छन् । प्रभावित क्षेत्रमा ३ सय वढि पशु चौपायाहरु समेत मरेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

≪ Previous Post

वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द

Next Post ≫

सिद्धार्थ नगरद्वारा पत्रकारिता सहित तीन विधामा २२ लाखको अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क