Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रेडक्रस रुपन्देहीका ५० वर्ष पुरा, विभिन्न कार्यक्रम सहित स्वर्णमहोत्सव मनाउने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेडक्रस रुपन्देहीका ५० वर्ष पुरा, विभिन्न कार्यक्रम सहित स्वर्णमहोत्सव मनाउने

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
रेडक्रस रुपन्देहीका ५० वर्ष पुरा, विभिन्न कार्यक्रम सहित स्वर्णमहोत्सव मनाउने
100
SHARES
ShareTweet


संसार पोष्ट
भैरहवा, ७ साउन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देही स्थापनाको ५० बर्ष पुरा भएको छ । ५० औ बर्षलाई रेडक्रस रुपन्देहीले स्वर्ण महोत्सवको रुपमा मनाउने भएको छ ।
स्वर्ण महोत्सवको मगंलवार लुम्विनी स्थित बिश्व शान्ति स्तुपामा शान्तिको प्रतिक परेवा उडाएर सुरुवात गरिएको छ । बिश्वमा शान्ति तथा दैबिकप्रकोप जस्ता प्राकृतिक बिपत्ति नआवस भन्ने कामना सहित लुम्विनीमा परेवा उडाईएको हो । परेवा उडाएर कार्यक्रमको उद्घाटन गर्दै प्रदेस ५ का सांसद फकरुद्धिन खाँनले रेडक्रस परोपकारी संस्था भएको र स्वर्ण महोत्सवमा पनि मानविय हितको कामना गर्दै कार्यक्रम गरेको भन्दै प्रसंसा गर्नुभयो । उहांले यो मौसममा बाढी पहिरो र डुवानको समस्या आईरहेको तथा अझ आउन सक्ने भन्दै मानविय सहायता र उद्धारमा सवै हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । प्राकृतिक बिपतबाट भएको मानविय तथा भौतिक क्षती प्रति दुःख ब्यक्त गर्दै सांसद खानले यो बिपतमा मानविय सहायतामा लाग्न सवैलाई आग्रह गर्नुभयो ।
रेडक्रस रुपन्देही २०२७ साल साउन ७ मा स्थपान भएको हो । स्थापनासगै रेडक्रस मानविय सहायतामा लागेको र अहिले ५० औ बर्षसम्म निरन्तर मानविय सेवामै उत्तिकै सक्रिय हुनु रेडक्रस रुपन्देहीको आफैमा गौरवपुर्ण ईतिहास भएको रेडक्रसका जिल्ला सभापति प्रेमलाल उदासले बताउनुभयो ।
स्वर्णमहोत्सवको अवसरमा स्वास्थ्य परिक्षण, जनप्रतिनिधीहरुलाई बिपत ब्यबस्थापन तालिम, सदस्यता विस्तार, उपशाखा थप, रक्तदान गर्नको लागि उत्प्रेणा, सडक नाटक, बक्तृत्वकला, चित्रकला जस्ता कार्यक्रम गरिने सभापति उदासले वताउनुभयो । रेडक्रस प्रदेस पाँचका महासचिव कृष्ण पंगेनीले रेडक्रस दुःखको साथी भएको भन्दै मानविय सेवानै यसको प्रमुख उद्देस्य रहेको बताउनुभयो । रेडक्रस रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपानेले मानविय सहायता सवै भन्दा ठुलो पुण्य काम भएको औल्याउदै जो कोही पनि एक अर्कोलाई अप्ठ्यारो परेको बेला सहयोगमा जुट्नु पर्ने बताउनुभयो ।

≪ Previous Post

तीन विधाका लागि सिद्धार्थनगरद्वारा अक्षयकोष स्थापना

Next Post ≫

सुस्तमनस्थिति विद्यार्थीहरुलाई सैनामैना जेसिजको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क