कमल रायमाझी
भैरहवा, २ बैशाख । रुपन्देहीको भैरहवा स्थित रसिकेश्वर मन्दिर, बर्मेली कलोनी, सिद्धार्थनगर–९ मा श्री अष्ट महासखी मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पञ्चम मूल जगद्गुरु श्री १००८ कृपालु जी महाराज द्धारा प्रतिष्ठित रसिकेश्वर मन्दिरमा महाराज जी की प्रचारिका निकुञ्जेश्वरी देवीको सानिध्यमा अष्ट महासखी विग्रह प्राण प्रतिष्ठा गरिएको हो । आध्यात्मिक संस्था राधामाधव समिति द्धारा गरिएको त्रिदिवसीय कार्यक्रममा चैत २९ र ३० गते पुजन र ३१ गते कलश जात्रा, अष्ट महासखी विग्रह स्थापना, साधु र ब्राह्मण भोज र प्रसाद ग्रहण कार्यक्रम गरिएको राधामाधव समिति नेपालका अध्यक्ष बृजेश कुमार अग्रवालले जानकारी दिनुभयो । विभिन्न क्षेत्र बाट आएका ४०० जना साधु सन्त, ब्राहमणहरुलाई वस्त्र दान दक्षिणा प्रदान गर्नुका साथै सम्मान गरिएको आयोजक समितिले बताएको छ । साधु सन्त र आध्यात्मिक मानुभावहरु बाट नगर परिक्रम गरि मन्दिरमा अष्ट महासखीको मुर्ति प्राण प्रतिष्ठा गरिएको थियो । भैरहवा क्षेत्रका धेरै भक्तजनहरुको आस्थाको केन्द्र रहेको यो मन्दिरमा अष्ट महासखीको मुर्ति प्राण प्रतिष्ठा गरिए पछि सवैमा खुसीयाली छाएको छ । भव्य र सभ्य रुपमा भएको त्रिदिविसीय कार्यक्रमले यसक्षेत्रलाई आध्यात्मिक मार्ग मार्फत समाजमा सकारात्मक सन्देश फैलाएको स्थानियले बताएका छन् ।