Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना संक्रमण बढ्दो : सरकारले प्रभावकारी कदम नचाल्दा निजी क्षेत्र चिन्तित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमण बढ्दो : सरकारले प्रभावकारी कदम नचाल्दा निजी क्षेत्र चिन्तित

संसारपोस्ट संवाददाता · १ बैशाख २०७८ · 0
कोरोना संक्रमण बढ्दो : सरकारले प्रभावकारी कदम नचाल्दा निजी क्षेत्र चिन्तित
110
SHARES
ShareTweet

बुटवल, १ बैशाख । पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढिरहँदा सरकारको तर्फबाट हुनुपर्ने तयारी नभएको भन्दै नीजि क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ । छिमेकी देशहरुमा दोस्रो लहरको संक्रमण फैलिएसंगै त्यसको प्रभाव बिस्तारै नेपालमा समेत पर्न थालेपछि सम्भावित जोखिम प्रति निजी क्षेत्रले चासो ब्यक्त गरेको हो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा मंगलबार साँझ बुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रमका वक्ताहरुले सम्भावित जोखिमको बारेमा कुरा राख्दै अझै पनि सरकारको तर्फबाट प्रभावकारी कामहरु हुन नसकेको औंल्याएका हुन् । संघले रुपन्देही जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरु र नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्षलाई स्वागत गरेको हो ।
त्यस अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ले सबैले सुरक्षाको अनुभूति गर्नेगरी सुरक्षा प्रवन्ध मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा छिमेकी मुलुकमा कोरोना भाईरस संक्रमण बढेसंगै सिमा नाका सुनौलीमा होल्डिङ् सेन्टर बनाउन लागेको जानकारी गराउनु भयो । बाहिरबाट आउनेलाई निगरानी गर्ने र संक्रमण पुष्टि भए सिटी भ्यालुको आधारमा घर वा अस्पताल कहां पठाउनु पर्ने हो, सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर पठाउने व्यबस्था मिलाउने उहाँले बताउनु भयो । रुपन्देही जिल्लामा अहिले सञ्चालमा रहेका ७२ वटा एम्बुलेन्स मध्ये एउटा पनि कोभिड मैत्रि नभएकाले सामाजिक उत्तरदायित्वमा कोभिड मैत्रि एम्बुलेन्स सञ्चालन व्यबस्थापनको लागि नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले बजारको नियमनलाई पनि प्राथमिकतामा राखेको जानकारी गराउँदै त्यसमा सहकार्य गर्न उद्योग बाणिज्य संघलाई आग्रह गर्नुभयो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसीले राजश्व चुहावट नियन्त्रणको लागि नीजि क्षेत्रसंग सहकार्य गर्न आफू तयार रहेको जानकारी गराउँदै नियमसंगत रुपमा व्यापार व्यबसाय गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोख्रेलले कोरोना भाईरस महामारीले मुलुकलाई धेरै पछाडी धकेलेको बताउँदै यसलाई माथी उठाउन र उद्योग व्यबसाय जोगाई राख्नको लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव राख्नुभयो । सरकारले नीजि क्षेत्रलाई लक्षित गरेर पुनःकर्जा कार्यक्रम ल्याएपनि उक्त कार्यक्रम हात्तिका देखाउने दाँत मात्रै भएको समेत उहांले बताउनु भयो । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन र समृद्ध मुलुक निर्माणको लागि पनि सरकारले दीर्घकालिन सोंच राख्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकौलले कोरोना महामारीले नीजि क्षेत्र धाराशायी भएको अवस्थामा पुन दोस्रो लहर सुरु भएसंगै नीजि क्षेत्रलाई निराश बनाएकोले मुलुकको सुदृढ अर्थतन्त्रको लागि पनि नीजि क्षेत्रलाई सान्त्वना हुनेगरी अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।
संघका अध्यक्ष उज्जवलप्रसाद कसजुले कोरोना महामारी भईहालेमा स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सबैको दायित्व भएको बताउँदै तर अर्थतन्त्रलाई नै प्रभावित गर्ने र निजी क्षेत्रलाई धराशायी गराउनेगरी लकडाउनको नीति लिन नहुने भनाई राख्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सामाजिक तथा आर्थिक बिकासमा संघले अहिलेसम्म गरेका गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो । संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कपडा बस्तुगत समितिका पूर्व अध्यक्ष पुरन श्रेष्ठ लगायतले बढ्दो कोरोना भाईरस संक्रमणले उद्योगी व्यबसायीलाई मनोवैज्ञानिक रुपमा दवाव पारेको र त्यसलाई निस्तेज गर्नेगरी सरकारले भरपर्दो स्वास्थ्य सेवा सहित नीजि क्षेत्रलाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभएको थियो ।
सोही अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्रे पात्रो समेत सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा कपडा बस्तुगत समितिले प्रकाशन गरेको भित्ते पात्रो पनि सार्वजनिक गरिएको थियो ।

≪ Previous Post

पर्यटन कानुन वनाउन प्रदेश सरकारसंग होटल ब्यवसायीको माग

Next Post ≫

भैरहवाको रसिकेश्वर मन्दिरमा अष्ट महासखी मुर्तिको प्राण प्रतिष्ठा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क