Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एलआइसीद्वारा जीवन बिमा दावी रकम हस्तान्तरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एलआइसीद्वारा जीवन बिमा दावी रकम हस्तान्तरण

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0
एलआइसीद्वारा जीवन बिमा दावी रकम हस्तान्तरण
60
SHARES
ShareTweet

बुटवल, ३ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका बिमीतका परिवारलाई जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहा निबासी स्वर्गीय ज्ञानुराज बलको परिवारलाई सोमबार बीमा दावी बापत ३ लाख ८४ हजार ३६४ रुपियाँ बिमा दावी हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक गिरिराज घिमिरे, एजेन्सी म्यानेजर यमबहादुर राना र अभिकर्ता कल्पना बस्नेतले बीमा दावीबापतको रकम स्वर्गीय ज्ञानुराजकी श्रीमती हिरा पेग्नीलाई हस्तान्तरण गर्नुभएको हो ।
मृतक ज्ञानुराजले तीन वर्षअघि ३ लाख रुपियाँको जीवन आनन्द बीमा गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख गिरिराज घिमिरेले आफुहरुले प्रदान गरेको उक्त रकमले मृतकको परिवारको घाउमा मलमको काम गर्ने बताउनु भयो ।
एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको मृत्यु भएको दुई महिनामा दावी रकम हस्तान्तरण गरेको भन्दै कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राख्नुभएको थियो । बीमित ज्ञानुराज बलको कोरोना संक्रमणका कारण उपचारको क्रममा गत मंसिर २० गते काठमाडौंमा निधन भएको थियो ।
बीमा रकम बुझेपछि ज्ञानुराजकी पत्नी हिराले संकटको बेला बीमा बापत पाएको रकमले ठूलो राहत पुगेको बताउनुभयो ।

≪ Previous Post

भोली भैरहवामा काँग्रेसको बिरोध सभा, सभालाई सभापति देउवाले सम्बोधन गर्ने

Next Post ≫

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क