बुटवल, ३ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका बिमीतका परिवारलाई जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहा निबासी स्वर्गीय ज्ञानुराज बलको परिवारलाई सोमबार बीमा दावी बापत ३ लाख ८४ हजार ३६४ रुपियाँ बिमा दावी हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक गिरिराज घिमिरे, एजेन्सी म्यानेजर यमबहादुर राना र अभिकर्ता कल्पना बस्नेतले बीमा दावीबापतको रकम स्वर्गीय ज्ञानुराजकी श्रीमती हिरा पेग्नीलाई हस्तान्तरण गर्नुभएको हो ।
मृतक ज्ञानुराजले तीन वर्षअघि ३ लाख रुपियाँको जीवन आनन्द बीमा गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख गिरिराज घिमिरेले आफुहरुले प्रदान गरेको उक्त रकमले मृतकको परिवारको घाउमा मलमको काम गर्ने बताउनु भयो ।
एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको मृत्यु भएको दुई महिनामा दावी रकम हस्तान्तरण गरेको भन्दै कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राख्नुभएको थियो । बीमित ज्ञानुराज बलको कोरोना संक्रमणका कारण उपचारको क्रममा गत मंसिर २० गते काठमाडौंमा निधन भएको थियो ।
बीमा रकम बुझेपछि ज्ञानुराजकी पत्नी हिराले संकटको बेला बीमा बापत पाएको रकमले ठूलो राहत पुगेको बताउनुभयो ।
