Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २१ माघ २०७७ · 0
लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव
50
SHARES
ShareTweet

संघीयताको जग बसाल्ने कार्यमा महत्वपूर्ण उपलब्धि : सभामुख घर्ती
बुटवल, २१ माघ । लुम्बिनी प्रदेश सभाले प्रदेश स्थापनाको तेस्रो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा स्थापनाको तेस्रो बर्षसम्म आइपुग्दा संघीयताको जग बसाल्ने कार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।
प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश धेरै काममा अग्र स्थानमा रहेको दाबी गर्नुभयो । सबै भन्दा पहिले प्रदेश योजना आयोग गठन गरी प्रदेश सरकारले योजनावद्ध विकास अगाडी बढाएको भन्दै उहाँले केन्द्रीय राजनीतिको प्रभाव प्रदेश सरकारमा पर्न नदिने बताउनु भयो ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता बिरेन्द्र कानौडियाले जनतालाई समृद्धिको सपना देखाएर सरकारले जनताको आशा र विश्वासमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो । राजनीतिक स्थायित्व र समृद्धिको नारा दिएर दुई तिहाई नजिकको बहुमत ल्याएको बर्तमान सरकारले मुलुकलाई समृृद्धि र स्थायित्व दिनुको सट्टा असंवैधानिक रुपमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाईनै धरापमापार्ने काम गरेको दाबी गर्नुभयो ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवले सन्तुलित विकासको नारा दिएर सरकारले किासमा सन्तुलन कायम गर्न नसकेको बताउनुभयो ।
उपसभामुख कृष्णी थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उत्कृष्ठ पाँच कर्मचारीलाई पुरस्कृत गर्नुका साथै एक कर्मचारीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा प्रदेश सभा सचिवालयकी कानून अधिकृत सीता घिमिरे, इलेक्ट्रिकल अधिकृत छैठौ, प्रहरी सहायक निरीक्षक टेक बहादुर क्षेत्री, कार्यालय सहयोगिहरु दयाराम बास्तोला र साचा कामीलाई पुरस्कृत गरिएको थियो भने कम्प्युटर अपरेटर विवश बोहोरालाई उत्कृष्ठ कर्मचारी सम्मानबाट सम्मान गरिएको थियो । कार्यक्रममा सभामुख पूर्णबहादुर घर्तीको रचना, शिशिर योगीको संगित र शिशिर योगी तथा सीता आचार्यको स्वर रहेको ‘हाम्रो प्यार्यो प्रदेश लुम्बिनी’ गीति एल्वमको बिमोचन गरिएको थियो ।
विविध साँस्कृतिक झाँकी तथा सांगीतिक प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन प्रदेश सभा सचिवालयकी कानून अधिकृत सीता घिमिरेले गर्नुभएको थियो ।

≪ Previous Post

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी फाइनलमा

Next Post ≫

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क