बुटवल १ माघ
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाउनु भयो ।
नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम गरेको दावी गर्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको उहांले आरोप लगाउनु भयो ।
थारु समुदायको नयाँ बर्ष २६४५ एवं माघी पर्व २०७७ को अवसरमा रुपन्देहीको तिलोत्तमा १३ करौजियामा सिटी युवा क्लवद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका प्रभावशाली नेता खाँणले सरकार गतल बाटोमा लागेकाले पतन भएरै छाड्ने दाबि गर्नु भयो ।
संसद बिघटन अलोकतान्त्रिक, असंबैधानिक, अधिनायकबादको यात्रा भएको उहांको तर्क छ ।nअदालतमा रहेको बिचाराधीन मुद्धाको निर्णय कुरेको उहांले बताउनु भयो । यो बिषयमा अदालतलाइ धेरै प्रेसर दिनु उचित नहुने बताउनु भयो । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको भन्दै उहांले जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने बताउनु भयो ।
नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन नदिने बताउनु भयो । सो अबसरमा थारु समुदायका बिभिन्न नाचहरु प्रस्तुत गरिएको कार्यक्रमका अध्यक्ष सन्तराम चौधरीले बताउनु भयो ।