Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन
60
SHARES
ShareTweet

भैरहवा, १ माघ । रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँकेले उपविजेतामा चित्त बुझाएको छ ।
टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १८७ रनको योगफल बनाएको थियो । उसका लागि सन्दिप रजालीले सर्वाधिक ८९ रनको योगदान गरे । यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाए । बलिङमा बाँकेका अजय साहनी र आकाश विष्टले ३÷३ तथा दिपेन्द्र राउत, सिद्धान्तराज साहीले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो । उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बाँकेलाई सस्तैमा रोक्न रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए । यस्तै, नितेश थापाले २, धिरज साही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १÷१ विकेट लिए । रुपन्देहीका सन्दिप रजाली म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु छनौट गरी माघ ३ गतेबाट काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनौट गरिने छ ।

≪ Previous Post

सरकार गतल बाटोमा लागेकाले पतन भएरै छाड्छ : काँग्रेस नेता खाँण

Next Post ≫

संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क