Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भेहिकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम र सामाजिक सुरक्षा योजना सफल हुँदैन ः प्रमुख सचेतक खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भेहिकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम र सामाजिक सुरक्षा योजना सफल हुँदैन ः प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७६ · 0
भेहिकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम र सामाजिक सुरक्षा योजना सफल हुँदैन ः प्रमुख सचेतक खाँण
150
SHARES
ShareTweet

बुटवल ५ साउन
पुर्वमन्त्री एवं नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले बिना तयारी भेहिकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम भिसिटिएस र सामाजिक सुरक्षा योजना ल्याएकाले कार्यान्वयनमा जटिलता आएकोे बताउनु भएको छ् ।
सरोकारवाला निकाय उद्योगी व्यवसायीहरुसँग व्यापक छलफल नगरीकन विना योजना उद्योगी व्यवसायीलाई नैं आतकिंत पार्ने गरि ल्याएकाले कार्यान्वयनमा जटिलता देखिएको उहाँले बताउनु भयो ।
सामाजिक सुरक्षा कोष र भिसिटिएस प्रणालीबाट उत्पन्न समस्याबारे नेपाली काँग्रेस रुपन्देहीले आइतबाररुपन्देहीको तिलोत्तमामा जिल्लाका उद्योगी व्यवसायीहरुसँग आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा नेता खाँणले यी दुवै प्रणालीले मुलुकको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने बताउनु भयो । उहाँले यस्तो महत्वपूर्ण विषय लागू गर्नुपुर्व सरकारले सरोकारवालासँग व्यापक छलफल गर्नु पर्ने बताउदै छलफल र गृहकार्यबिना ल्याइने नीति र योजना कार्यान्वयन हुन नसक्ने धारणा राख्नु भयो । सरकारले ल्याएका योजनाबाट निम्तिने परिणाम र यसका दुश्परिणामबारे ठोस रुपमा जानकारी गराउन पनि उहाँले उद्योगी व्यवसायीलाई आग्रह गर्नु भयो ।
काँग्रेस नेता खाँणले ढुवानीमा लगाइने भ्याटले उपभोक्तामा महंगीको मार थपिएको भन्दै सरकारले ल्याएको बजेट पनि मुलुक जनताले खोजेजस्तो नभएको दावी गर्नु भयो । “राष्ट्रिय उत्पादन बढाउने खालका नीति र कार्यक्रम आउनु पथ्र्यो, सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान र गतिशिल बनाउन सक्दैन”–उहाँका कथन थियो ।
सहजरुपमा वैदेशिक लगानी नआएको, रेमिट्यान्सबाट भित्रिएको रकम लगानीको रुपमा प्रयोग नभएको र देशभित्रै लगानीकर्तालाई प्रोत्साहित गर्ने वातावरण पनि नबनेको खाणँले बताउनु भयो । उहाँले भिसिटिएस प्रणाली लागू गर्नुअघि प्रविधिको पहुँच बिस्तार गर्न पनि सरकारलाई आग्रह गर्नु भयोे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक गुणनिधी तिवारीले सरकारले ल्याएको भिसिटिएस प्रणाली र सामाजिक सुरक्षा ऐनका कतिपय कुरा उद्योगी व्यवसायीको हितमा नभएकाले कार्यान्वयन गर्न नसकिने बताउनु भयो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी पश्मिाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष् प्रताव बहादुर कार्की, व्यवसायी चन्दमान श्रेष्ठ, मन्जु भुसाल, श्याम थापा लगायतले उद्योगी व्यवसायीलाई प्रविधियुक्त बनाएपछि मात्र भिसिटिएस प्रणाली लागू गर्न आग्रह गरेका थिए । उनीहरुले राज्य संचालनका लागि नीजि क्षेत्रले दिएको योगदानको आधारमा प्रोत्साहन गर्नुको सटृा उद्योगी व्यवसायीलाई आतकिंत बनाएर मुलुक चल्न नसक्ने चेतावनी दिएका छन ।
सामाजिक सुरक्षा योजना साना, घरेलु तथा मझौला उद्योगले लागू गर्न नसक्ने भएकाले यसलाई स्वेच्छिक बनाउन माग गर्दै कर तिरेको आधारमा उद्योगी व्यवसायीलाई पनि पेन्सनको व्यवस्थागर्न माग गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाणँ लगायतले सरकारले उद्योगि व्यवसायीलाई व्यवसायवाट पलायन बनाउन खोजेको धारणा राख्नु भयो

≪ Previous Post

समाजवादीको माग ः लोकसेवा विज्ञापन खारेज गर

Next Post ≫

बुद्धमुर्ति तोडफोड गर्नेलाई छिटो पक्राउ गर्न मुख्यमन्त्रीको सुरक्षा प्रमुखलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क