Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0
संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण
110
SHARES
ShareTweet

बुटवल १३ पुस
प्रधानमन्त्री केपी ओलीले गरेको संसद बिघटनको बिरोधमा देशभरी सडक आन्दोलनमा निस्केको नेपाली कांग्रेस रुपन्देहीले जिल्लाको ५ स्थानमा विरोध सभा गरेको छ ।
नेपाली कांग्रेसको क्षेत्रीय समितिहरुको आयोजनामा जिलमा विरोध प्रदर्शन भएको हो ।
जिल्लाको क्षेत्र नम्बर १को धकधईमा पार्टी सभापति अब्दुल रज्जाकले, २को बुटवलमा पार्टी उपसभापति फणिन्द्र शर्माले, ३को भैरहवामा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले ,४ मझगांउमा प्रतिनिधी सभा सदस्य प्रमोद यादव र क्षेत्र नम्बर ५ को सालझण्डीमा मा पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य भरत शाहल सम्वोधन गर्नु भएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताउनु भयो ।
विरोध सभामा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाउनु भएको छ । उहांले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गर्नु भयो ।
नेकपाको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेता खांणले ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको बताउनु भयो ।
सरकारले जनताको मनोभावनाविपरीतका कार्य गर्दै आएको छ, सरकार संवेदनशील छैन, ’उहांले भन्नु भयोे । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको भन्दै उहांले संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको स्पष्ट पार्नु भयो । जनताको जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने भन्दै उहांले कांग्रेसको विरोधलाई हल्का रुपमा लिने शक्ति समाप्त हुने दावी गर्नु भयो ।
संघीय सदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत कदम चालेकोले यसलाई सच्याउनुपर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताउनु भयो । उहांले जनतासंग माफी नमागे कम्युनिष्ट पतन हुने समेत दावी गर्नु भयो ।
’नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन दिने पक्षमा कांग्रेस कहिल्यै हुन सक्दैन भन्दै उहांले मुलुकको संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई नभई जनतालाई मालिक बनाएको बताउनु भयो ।

≪ Previous Post

ओलीको कदम आत्मघाती भएको टिप्पणी

Next Post ≫

लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क