Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0
लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी
70
SHARES
ShareTweet

बुटवल १३ पुस
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउदै यसको खवरदारीका लागि जावफदेहिता सहितको प्रतिपक्ष आवश्यक हुने बताउनु भएको छ् ।
मुलुकमा बिरोधका लागि बिरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सही निकास दिन नसक्ने उहांले जोड दिनु भयो ।
निर्वाचन पर्यवेक्षण समिति काठमाण्डौंको आयोजना र दैनिक लुम्बिनीको सहकार्यमा सोमबार बुटवलमा भएको लोकतन्त्र शसक्तिकरणका लागि संसदीय शासन प्रणाली र प्रतिपक्षको भूमिका विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री गिरीले जोकोही पनि प्रतिपक्षमा रहनेहरुले पुरानो प्रबृतिमा सुधार गर्नु जरुरी रहेको औल्याउनु भयो ।
सत्ता निरंकुश हुने डर रहिरहने भएकै कारण संसदीय व्यवस्थामा प्रतिपक्षको कल्पना गरिएको हो भन्दै प्रतिपक्ष विरोधका लागि बिरोध गर्ने मात्रै नभई विकल्पसहितका सुझाव दिने हुनुपर्ने बताउनु भयो । ‘सत्ताले ल्याएका योजनामा असहमति हुँदा प्रतिपक्षले विकल्पसहित आउनुपर्छ, तवमात्रै नीति कार्यान्वयनमा सकारात्मक परिणाम आउछ, मन्त्री गिरीले भन्नु भयो ।
लुम्बिनी प्रदेशसभाको संसदीय समितिका सभापति दधिराम न्यौपानेले सत्ता पक्ष र प्रतिपक्षमा लोकतान्त्रिक सचेतनाको जरुरी रहेको धारणा राख्नु भयो ।
कांग्रेसकी सांसद रमा अर्यालले सत्तामा बस्नासाथ राजाप्रवृत्ति हावी देखिनु नै गलत भएको बताउदै प्रतिपक्ष कमजोर हुदा सत्ता निरंकुश हुने गरेको आरोप लगाउनु भयो ।
कांग्रेसका महासमिति सदस्य युवराज गिरीले शासन व्यवस्था प्रति इमान्दार भए समस्या समाधान हुने बताउनु भयो ।
मानवअधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सत्ता र प्रतिपक्ष दुवै आफ्नो जिम्मेवारीबाट चुक्दा लोकतन्त्रको चिरहरण भइरहेको बताउनु भयो । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले जनप्रतिनिधिमा लोकतन्त्रण प्रतिको आस्था कमजोर रहेको बताउनु भयो । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सम्झना शर्माले सरकारले मानव अधिकार संरक्षणको जिम्मेवारी पुरा गर्नुपर्ने बताउदै यसमा प्रतिपक्ष समन्वय हुनुपर्ने बताउनु भयो् ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पर्यवेक्षण समितिका सदस्य राजाराम वर्ताैलाले सत्ता जहिले पनि निरंकुश हुने र त्यसलाई रोक्ने भूमिका प्रतिपक्षको रहने बताउनु भयो ।
सिद्धार्थ पब्लिकेशन प्रा.लि. एवं दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंले संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रवृति पुरानै रहेको बताउनु भयो । पर्यवेक्षण समितिका अध्यक्ष बद्रिप्रसाद सिलवालको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको स्वागत र यज्ञ अर्याललको सञ्चालनमा कार्यक्रम भएको हो ।

≪ Previous Post

संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण

Next Post ≫

पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क