Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0
पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने
150
SHARES
ShareTweet

बुटवल १३ पुस
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते दुई दिने प्रदेशस्तरिय बि लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराउनु भएको हो ।
प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, कप मेडल, प्रमाणपत्र एवं तृतिय स्थान हासिल गर्ने टिमले नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडलप्रमाणपत्र प्राप्त पुरस्कार प्राप्त गर्ने छन ।
यसैगरि भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५ रुपैया, उपविजेताले नगद १५ हजार ५ सय ५५ तथा तृतियले नगद १० हजार ५ सय ५५ रुपैया कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
शिवनगर स्थित खुल्ला कबर्ड हलमा दुई दिने प्रतियोगितामा पुरुष डबलतर्फ ४० तथा भेट्रान्स तर्फ १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन ।
प्रतियोगिताको पुरुष डबलतर्फ प्रथम पुरस्कार यशोधा फुड्स प्रालि, द्घितिय पुरस्कार आवास ग्रुप बुटवल, तृतिय पुरस्कार शक्ति कोल्ड रिट्रेड प्रालिबाट सौजन्य गरेका छन । यसैगरि भेट्रान्सतर्फ प्रथम पुरस्कार ब्ल्याक फरेस्ट क्याफे र एजी हेल्थ ईण्डष्ट्रिज प्रालि, दोस्रो पुरस्कार समाजसेवी श्रीराम बराल र किरण पौडेल, तेस्रो पुरस्कार समाजसेवी चन्द्रमान मल्लबाट सौजन्य भएको आयोजकले बताएका छन ।
यसैगरि प्रतियोगिताको सबै ट्रफि, मेडलहरु स्पोर्ट्स ग्यालरीबाट सौजन्य भएको छ ।
कार्यक्रममा क्लबका सल्लाहकार नारायण घिमिरे, नर बहादुर केसी, दिनेश प्रधान, प्रचारप्रसार संयोजक तथा महासचिव जिवकान्त काफ्ले, कार्यक्रम संयोजक रोहित पुरीले खेल प्रतियोगिताबाट खेलाडी उत्पादन हुनेमा आशा ब्यक्त गर्नु भयो ।

।

≪ Previous Post

लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी

Next Post ≫

काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क