Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण

संसारपोस्ट संवाददाता · १४ पुष २०७७ · 0
काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण
130
SHARES
ShareTweet

बुटवल, १४ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताउनु भएको छ । ‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउदैन । यदि गर्यो भने त्यस्तो निर्णय काँग्रेसलाइ स्वीकार्य हुनेछैन’नेता खाँणले भन्नुभयो ।
पुर्वरक्षा मन्त्री समेत रहनुभएका नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी समेत गर्नुभयो । संविधानको बर्खिलाप हुनेगरी प्रम ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उहांले राष्ट्रपति कार्यालयलाइ हल्लाकाराको संज्ञा दिनुभएको हो । ‘राष्ट्रपति संग बिषय बिज्ञ सल्लाहकारको टिम छ तर कसैसंग सल्लाह गर्नु हुन्न । ओलीले गर्ने जनहित र संविधान बिपरितका अध्यादेश, सिफारिसको मसिसुक्न नपाउदै स्ट्याम्प लगाएर पठाइदिनु हुन्छ’ नेता खाँणले भन्नुभयो ।
संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाइ यथास्थितिमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उहांले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाइ एकदलिय सर्बसत्ताबाद तर्फ लैजान संसद बिघटनको कदम चालेको आरोप लगाउनुभयो । सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद बिघटन गरेको बताउंदै नेता खाँणले निर्वाचनको मिति तोकेर संसद बिघटन गरिएपनि प्रम ओलीको मानसिकता बैशाखमा चुनाव गर्नु नरहेकोले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औल्याउनु भयो ।
संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्किएको भन्दै उहांले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताउनु भयो । पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारहरुको फेरबदलका सम्बन्धमा उहांले प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोधमा रहेकाहरुसंगको सहकार्य पहिलो रोजाइ हुने बताउनु भयो । नेपाली काँग्रेसलाइ सत्तामा जाने हतार नभएपनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न नमिल्ने भन्दै उहांले परिस्थिति अनुरुपको सहकार्य हुन सक्ने तर्फ पनि संकेत गर्नुभयो । लोकतन्त्र र संविधानको रक्षा गर्दै ट्रयाक बहिर गएकाहरुलाइ मुलधारमा ल्याउने दायित्व पनि काँग्रेसको भएकाले त्यसलाइ पुरा गर्ने बताउनु भयो । पत्रकार भेटघाट कार्यक्रम नेपाल प्रेस युनियनका सभापति रेखा भुसालको अध्यक्षता र संचिव श्यामशँकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने

Next Post ≫

घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम : नेता भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क