Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हरियाली प्रवद्र्धन गर्न तिलोत्तमामा वृक्षारोपण सप्ताह
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

हरियाली प्रवद्र्धन गर्न तिलोत्तमामा वृक्षारोपण सप्ताह

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७६ · 0
हरियाली प्रवद्र्धन गर्न तिलोत्तमामा वृक्षारोपण सप्ताह
60
SHARES
ShareTweet


संसार पोष्ट
तिलोत्तमा, ५ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिले ५० हजार विरुवा रोप्ने लक्ष्यका साथ वृक्षारोपण सप्ताह सञ्चालन गरेको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले साउन १ गतेबाट हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह चलाएको हो । नगरपालिकाले गत वर्ष पनि वृक्षारोपण सप्ताह चलाएको थियो ।
सप्ताहअन्तर्गत् नगरमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका विरुवाहरु रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न संघ—संस्था, क्लव, टोल विकास संस्थालगायत समग्र नगरबासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । वन कार्यालय तथा सामुदायिक वनमार्फत् प्राप्त वनस्पति र नगरपालिकाले खरिद गरेका फलफूलका विरुवा रोपिने नगर प्रमुख घिमिरेले बताउनुभयो ।
नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएका विरुवाहरु रोपी त्यसबाट लाभ लिन तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगरपालिकाले वनस्पतिका विरुवा निःशुल्क र फलफूलका विरुवालाई न्यूनतम मूल्यमा टोल विकास संस्थामार्फत् नगरबासीलाई उपलब्ध गराइने जनाएको छ ।
नगर उप—प्रमुख जागेश्वरी चौधरीले वडा कार्यालय र टोल विकास संस्थामा सम्पर्क राखि आ–आफ्नो घर–आँगन, खाली जमिन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका विरुवाहरु रोप्न नगरबासीलाई आह्वान गर्नुभयो ।
सप्ताह अन्र्तगत् आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाईनो, खयर, बेगनबेली फूललगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिनेछ । सप्ताहको साउन १ गते प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले शुभारम्भ गर्नुभएको थियो ।
यसैबीच शनिबार वडा नं. १ को ड्राईभरटोल सिक्सलेन सडक डिभाइडरमा बेगनबेली फूल रोपिएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डेय, ३ का वडाध्यक्ष टंक तिवारीलगायतको सहभागिता रहेको पथियो । कार्यक्रममा टोल विकास संस्था, आमा समूहलगायत स्थानीयको सहभागिता रहेको थियो ।

≪ Previous Post

जनताका मौलिक हकहरु खोस्ने दुष्प्रयास जारिराखे ओलीले ज्ञानेन्द्रकै नियति भोग्छन् ः काँग्रेस नेता खाँण

Next Post ≫

आजको राशिफल (२०७६ साउन ५ गते आइतवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क